Sunday, February 24, 2019

सबैभन्दा छोटो अवधिमा सगरमाथा चढ्ने आरोही बस्नेतको तयारी

प्रकाशित मिति: 2018/06/06

काठमाडौं । चार पटक सगरमाथाको सफल आरोहण गरिसकेका दोलखा लामाबगरको स्थायी निबासी ३५ बर्षिय युवा आरोही लिला बहादुर बस्नेतले आगामी बर्ष सन् २०१९ को शरद ऋतुमा सबैभन्दा छोटो अबधिमा सगरमाथा आरोहण गर्ने तयारीमा जुटेका छन् । काठमाडौं देखि सगरमाथाको शिखर चुमेर काठमाडौं सम्म आइपुग्न १० दिन सम्ममा सकाउने उद्देश्य राखेका छन् । 

यो आरोहण दलको नाम शटेस्ट पिरियड एभरेस्ट एक्सपिडिसन २०१९ रहने छ । युवा आरोही बस्नेतले स्टप डिस्क्रिमिनेसन (डेभलप ह्युमनिजम) भन्ने  नारा सहित विश्वको सर्बोच्च शिखरमा पहिलो चोटी नेपालको राष्ट्रिय गान गाउने भएका छन् । यो आरोहणले नेपाल लगायत बिश्वभर व्याप्त जात, रंग र धर्मको आधारमा गरिने विभेदको अन्त्य गर्न र मानवताको विकास गर्न मूल संदेश प्रवाह गर्ने बताएका छन् । 

यो आरोहण सम्पन्न गर्न करिब ३५ लाख खर्च लाग्ने भएकोले सम्पूर्ण राजनीतिज्ञ, ब्यापारी, उद्योगी र समाजसेवी व्यक्ति र संघ सस्थालाई नैतिक तथा आर्थिक सहयोगको अपिल गरेका छन् । यो आरोहणको ब्यबस्थापन एसियन हिमालयन एक्सपिडिसन एजेन्सीले गर्ने भएका छन् ।

तपाईंको बिचार