Sunday, February 24, 2019

पर्यटन व्यवसायी संगठनको प्रदेश, जिल्ला सहित १० विभाग गठन, कसलाई केको जिम्मेवारी ?

प्रकाशित मिति: 2018/06/06

काठमाडौं । पर्यटन व्यवसायी संगठन नेपालले सात वटै प्रदेशमा प्रदेश कमिटि र जिल्ला कमिटिहरु निर्माण गर्ने निर्णय गरेको छ  । संगठनका उपाध्यक्ष योगेन्द्र थापाको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टीका स्थाई कमिटि सदस्य एवं नेपाल उद्योग व्यवसायी महासंघका ईञ्चार्ज मुकुन्द नौपानेको नेतृत्वमा हिजो बसेको बैठकले उक्त निर्णय गरेको हो । 

बैठकमा नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष लक्ष्मीदास मानन्धर, बरिष्ठ उपाध्यक्ष भरत कुमार श्रेष्ठ, कार्यबाहाक महासचिव  भागिरथ सापकोटाको पनि बिशेष आतिथ्यता रहेको थियो । 

बैठकले पर्यटन व्यवसायी संगठन नेपालले बिभिन्न १० वटा बिभागहरु निर्माण गरि प्रमुख र सह–प्रमुखहरु तोक्दै सात वटै प्रदेश हेर्ने गरि प्रमुख र सह–प्रमुख तोकेको छ  । यसका साथै आगामी भिटोफ नेपालको निर्बाचन तयारीका लागि संगठनका उपाध्यक्ष शिब लामिछानेको नेतृत्वमा एक कमिटि पनि गठन गरेको छ। 
त्यस्तै संगठनका उपाध्यक्ष बच्चु नारायण श्रेष्ठलाई आगामी कार्यक्रम तयारी गर्ने जिम्मेबारी दिनुका साथै महासचिव राजेन्द्र प्रसाद सापकोटाले पेस गरेको कार्य बिभाजनलाई सर्वसम्मत अनुमोदन गरेको प्रचार बिभाग प्रमुख हरिभक्त श्रेष्ठले जानकारी दिए । 

बैठकले गरेको कार्य बिभाजन अनुसार प्रदेश नम्बर एकको प्रमुखमा उपाध्यक्ष बच्चु नारायण श्रेष्ठ, सह–प्रमुख प्रेम कुमार श्रेष्ठ सचिबालय सदस्य,  प्रदेश नम्बर दुई प्रमुखमा उपाध्यक्ष अन्जन कुमार थापा, सह–प्रमुख ईस्वर बोगटी केन्द्रिय सदस्य प्रदेश नम्बर तीन प्रमुखमा उपाध्यक्ष योगेन्द्र थापा, सह–प्रमुख बलराम सुबेदी सचिवालय सदस्य, प्रदेश नम्बर चारको प्रमुखमा उपाध्यक्ष केदारनाथ शर्मा, सह–प्रमुख जिबनराज सापकोटा केन्द्रिय सदस्य, प्रदेश नम्बर पाँचको प्रमुख उपाध्यक्ष शिब लामिछाने, सह–प्रमुखमा सचिवालय सदस्य धन बाहादुर गुरुङलाई चयन गरिएको छ । यसैगरि प्रदेश नम्बर ५ को प्रमुखमा महासचिव राजेन्द्र प्रसाद सापकोटा र सह–प्रमुखमा केन्द्रिय सदस्य भिम थापा र प्रदेश नम्बर सातको  प्रमुखमा  उपाध्यक्ष भिम प्रसाद पन्त  र सह–प्रमुख केन्द्रिय सदस्य इन्द्र भट्ट लाई तोकिएको छ । 

सोही बैठकले संगठन बिभाग  प्रमुखमा उपमहासचिब बिरेन्द्र बहादुर अधिकारि र सह–प्रमुखमा बद्रि तिमिल्सिनालाई तोकेको छ । त्यस अन्तर्गत आन्तरिक पर्यटन प्रबद्र्धन बिभाग प्रमुखमा उपमहासचिब ध्रुब सिम्खडा, सह–प्रमुखमा अर्जुन प्रधान,  खोज तथा अनुसन्धान बिभाग प्रमुखमा सचिब प्रकाश शिम्खडा, सह–प्रमुखमा शिबहरि बजगाई, प्रचार प्रसार बिभागमा हरि भक्त श्रेष्ठ र  सह–प्रमुखमा अर्जुन पाण्डेलाई जिम्मेवारी दिइएको छ । 

सचिवालय व्यवस्थापन प्रमुखको जिम्मेवारी सचिब दामोदर ढकाल, सहप्रमुख शम्शेर पराजुलीलाई, संघ संस्था समन्वयन बिभाग प्रमुख सचिब रामहरि शर्मा, सहप्रमुख तिलक लोहारलाई , गन्तब्य प्रवद्र्धन बिभाग प्रमुखमा इश्वरी पौडेल र गणेश न्यौपानेलाई सहप्रखुखको जिम्मेवारी दिइएको जानकारी दिइएको छ । अतिरिक्त क्रियाकला बिभाग प्रमुख सचिब देबराज ढकाल, सहप्रमुख कृष्ण प्रसाद दाहाल, महिला उद्यमशिलता विभाग प्रमुख सचिव आङ्ग लामु शेर्पा, सहप्रमुख जिस्वा तुलाधर, आर्थिक विभाग प्रमुखमा कोषाध्यक्ष नमराज गौली, सहप्रमुख सुमन न्यौपाने, जाङ्ग्बु शेर्पा, फुरी गल्जेंन शेर्पा, केदार खनाल रहेका छन् ।

तपाईंको बिचार