Sunday, February 24, 2019

भिटोफ निर्वाचनको लागि शिव लामिछानेको संयोजकत्वमा वार्ता कमिटी गठन

प्रकाशित मिति: 2018/06/06

काठमाडौं । गाँउ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल)ले नयाँ नेतृत्व चयनका लागि साधारण सभा मिति घोषणा गरेसँगै नेतृत्व चयनको चहल पहल सुरु भएको छ । सोही कार्य अन्तर्गत तत्कालिन एमाले निकट पर्यटन व्यवसायीहरुको छाता संगठन  पर्यटन व्यवसायी संगठन नेपालले भिटोफको निर्वाचन तयारीका लागि संगठनका उपाध्यक्ष शिव लामिछानेको नेतृत्वमा एक वार्ता कमिटि गठन गरेको छ । 

लामिछाने नेतृत्वको उक्त कमिटिमा धु्रव सिंखडा, हरि श्रेष्ठ, इश्वर बोगटी र देवराज ढकाल सदस्य छन् । कमिटिले पर्यटनमा क्रियाशिल विभिन्न पार्टीगत संघ, संगठन एवं स्वतन्त्र व्यवसायीहरुसँग वार्ता र छलफल गरि सहमतिय आधारमा नेतृत्वको चयनका लागि मार्ग प्रशस्त गर्ने संयोजक लामिछानेले जानकारी दिए ।
सहमतिका लागि हदै सम्मको प्रयास गर्ने भन्दै उनले कुनै कारणवस सहमति हुन नसके आफ्नै संगठनले उम्मेदवार अघि सार्ने पनि बताए ।

मञ्चमा नयाँ नेतृत्व चयनका लागि आगामी साउन १५ गते साधारण सभा हुदैछ । अहिले सम्म नेतृत्वका लागि पूर्व प्रथम उपाध्यक्ष धु्रव सिंखडा, वर्तमान प्रथम उपाध्यक्ष राम घले, द्वितिय उपाध्यक्ष दिपक दाहाल, पूर्वमहाससचिव राजकुमार थापा मगर,  वर्तमान महासचिव बासु पाण्डे र सचिव जस्फा पाण्डेले आकांक्षा देखाएका छन् ।

तपाईंको बिचार