Tuesday, April 23, 2019

पर्यटन मन्त्रालयको विज्ञ टोलीमा पर्यटन व्यवसायी संगठनका अध्यक्ष र महासचिव थप

प्रकाशित मिति: 2018/06/07

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विज्ञ टोलीमा तत्कालिन एमाले पर्यटन व्यवसायी संगठन नेपालका अध्यक्ष सिताराम सापकोटा र महासचिव राजेन्द्र सापकोटालाई मनोनयन गरेको छ । पर्यटन मन्त्री स्तरीय बैठकले उनीहरुलाई विज्ञ टोलीमा मनोनयन गरेको हो । 

टोलीले पर्यटन क्षेत्रको विकास, विस्तार र समस्या समाधानका लागि आवश्यक सुझाव दिने संगठनका सचिव एवं प्रचार विभाग प्रमुख हरि श्रेष्ठले जानकारी दिए । मन्त्रालयले यसअघि करिब दुई दर्जन व्यवसायी र पर्यटनसँग सरोकार राख्ने व्यक्तिहरुलाई समेटेर विज्ञ टोली बनाएको थियो ।

तपाईंको बिचार