Thursday, April 25, 2019

तत्कालिन एमाले विभाग प्रमुख थापाले सबैलाई गुम्राहमा राखी पुस्तक प्रकाशन गरेको जिकिर

प्रकाशित मिति: 2018/06/13

काठमाडौं । तत्कालिन नेकपा एमाले निकट पर्यटन विभाग प्रमुख सुर्य थापाले केन्द्रीय पर्यटन प्रवद्र्धन विभागको नाममा हवला दिँदै नेपालमा पर्यटन भन्ने पुस्तक सार्वजनिक गरे लगतै त्यसको चौतर्फी विरोध भएको छ । 

तत्कालिन पर्यटन एमाले निकट राष्ट्रिय पर्यटन व्यवसायी संगठनले संगठनकै नाममा तत्कालिन संगठनका सचिव कुमार थापा (अन्जन)को संयोजकत्वमा पुस्तक प्रकाशन गर्नको लागि संगठनकै कृष्णहरि खत्री र पूर्ण कुँवर सम्मिलित तीन सदस्यीय कमिटी बनाएर पुस्तकमा चाहिने आवश्यक सहयोग लगायतका साम्राग्री अन्तिम चरणमा पुगिसकेको सन्दर्भमा संयोजक थापाको नाम निसाना सहित नरहने गरी पुस्तक प्रकाशन भएको छ । सामाजिक सञ्जाल आफ्नो फेसबुक वालमा थापाले लेखेका छन् ‘म आफै संयोजक भै अन्तिम चरणमा पुगेको पुस्तक प्रकाशन भएछ खुसि लाग्यो । धेरै साथिहरुको लेख रचना र तत्कालिन राष्ट्रीय पर्यटनका धेरै साथिहरु अहोरात्र खटिनु भयको थियो साथै राष्ट्रीय पर्यटन ब्यबसायि संगठनले निकाल्न पहल गरेको पुस्तक अहिले पर्यटन प्रबर्धन बिभागको नाममा संगठनको सबैलाई झुक्याएर गुमराहमा राखेर छापिएछ तर “काम गर्ने कालु मकै खाने भालु” भनेझै यि महाशयहरुले आफनो नाम कत्ति पनि संकोच नमानि अग्रभागमा लेखि अरुलाई नजर अंन्दाज गरेछन बधाई छ, कतिदिन अरुको बुई चढि अरुलाई मूर्ख बनाई हिड्लान हेरौ कतिदिन ढाँट्ने ???’ 

त्यसैगरी तत्कालिन एमाले पर्यटन व्यवसायीहरुको छाता संगठन पर्यटन व्यवसायी संगठन नेपालका महासचिव राजेन्द्र सापकोटाले पनि आफ्नो फेसबुकवालमा कमेन्ट गर्दै लेखेका छन् ‘‘हाहा काम गर्ने कालु मकै खाने भालु भनेको यही यो ! किताब प्रकाशनमा कतै नजोडीयका मनुवाहरुको नाम सम्पादन मन्डलमा ! चाकडिबाजको उच्चतम नमुना ! गणेश प्रबिर्धी !” भनेका छन् । 

गन्तव्य नेपालसँग कुरा गर्दै तत्कालिन एमाले निकट पर्यटन व्यवसायीहरुले पर्यटन विभाग प्रमुख सुर्य थापाले आफ्नो नेतृत्वमा सबै पर्यटन व्यवसायीलाई अटाउन नसकेको बताउँदै उनि पूर्ण रुपमा पर्यटन विभाग नेतृत्वबाट असफल भएको बताएका छन् । केही साता अघि मात्रै पर्यटन विभाग प्रमुखको काम कारवाही प्रति गम्भिर असन्तुष्टि प्रकट गर्दै तत्कालिन एमाले निकट पर्यटन व्यवसायीहरुले तत्कालिन एमाले स्थायी समिति सदस्य तथा उद्योग व्यवसायी महासंघका इन्चार्ज मुकुन्द न्यौपानेको सहभागितामा तत्कालिन एमाले पर्यटन व्यवसायीहरुको छाता संगठन पर्यटन व्यवसायी संगठन नेपालको घोषणा गर्दै वरिष्ट पर्यटन व्यवासयी सिताराम सापकोटाको अध्यक्षतामा २० सदस्यीय पदाधिकारी तथा ३५ सदस्यीय सचिवालय सदस्य रहने गरी ७५ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको थियो । 

तपाईंको बिचार