Thursday, July 18, 2019

एनएमएद्धारा पर्वतारोहण सम्बन्धि चार शीर्षकमा ८५ जनालाई प्रशिक्षण

प्रकाशित मिति: 2018/06/24

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)ले पर्वतारोहण सम्बन्धित बिभिन्न चार शीर्षकमा ८५ जनालाई प्रशिक्षण दिई दक्ष बनाएको छ । एनएमएले माउन्टेन लिडर कोर्ष–विन्टर कम्पोनेन्टमा १० जना, माउन्टेन लिडर कोर्ष कम्पोनेन्ट ११ मा १५ जना, हाई माउन्टेन रेस्क्यू टे«निङमा १५ जना र बेसिक माउन्टेनियरिङ कोर्षमा ४५ जनालाई प्रशिक्षण दिएको हो ।

एनएमएका महासचिव कुलबहादुर गुरुङका अनुसार तालिम सोलुखुम्बु, काठमाडौं, मनाङ, लाङटाङ, गोर्खा लगायतका क्षेत्रमा सञ्चालन गरिएको थियो ।

एनएमएले प्रशिक्षणमा सहभागीहरुलाई काठमाडौंमा एक कार्यक्रम आयोजना गरी प्रमाण पत्र प्रदान गरेको छ । प्रमाण पत्र वितरण कार्यक्रममा एनएमएका अध्यक्ष शन्तबीर लामाले पर्वतारोहणका लागि सिप अपरिहार्य रहेकाले तालिमबाट दक्ष जनशक्ति उत्पादन हुनुका साथै दुर्घटना न्यूनिकरण हुँदैं गएको उल्लेख गर्नुभयो ।

सहभागीहरुलाई एनएमएका अध्यक्ष लामा, महासचिव कुलहादुर गुरुङ, सचिव टिकाराम गुरुङ, निवर्तमान अध्यक्ष आङ छिरिङ शेर्पालगायतले प्रमाणपत्र प्रदान गर्नुका साथै खदा लगाई सम्मान गर्नुभएको थियो ।

तपाईंको बिचार