Thursday, July 18, 2019

गन्तव्य नेपालको तेस्रो गीति एल्वम ‘पर्यटनमै भविष्य’ बजारमा (यूटुब भिडियो)

प्रकाशित मिति: 2018/06/28

काठमाडौं । गन्तव्य नेपाल ग्रुपले तेस्रोे गीति एल्वम बजारमा ल्याएको छ । संगितको माध्यमबाट मुलुकको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले सदाबाहर गीति एल्वम ‘पर्यटनमै भविष्य’ बजारमा ल्याएको हो । 

जसमा नेपालको कला, संस्कृति, भेषभुषा सहित अन्य पर्यटकीय सम्भावनाहरुको चर्चा गरिएको छ । सो गीतको माध्यमबाट पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पुग्ने विश्वास लिइएको छ । साथै पर्यटन सम्बन्धि गाँउगाँउ सम्म सचेतना जागृत गर्नका लागि पनि गीतले मद्दत गर्ने अपेक्षा लिइएको छ । 

शिव अधिकारी (अविरल)को शब्द रहेको गन्तव्य नेपाल नामक उक्त गीतमा रानु निरौला र राजनराज शिवाकोटीले स्वर दिएका छन् भने राजनराज शिवाकोटीले नै संगित भरेका छन् । 

ग्रुपले यसअघि सन् २०११ मा पर्यटन वर्ष सफल बनाउन पनि ‘सफल पारौं पर्यटन वर्ष’ नामक बोलको गीत बजारमा ल्याएको छ । त्यसपछि ‘गन्तव्य नेपाल’ नामक दोस्रो गीति एल्वम बजारमा ल्याएको थियो । उक्त दुबै गीत पर्यटन बजारमा निकै रुचाईएको थियो । त्यसकारण तेस्रो गीत पनि निकै चर्चित बन्ने अपेक्षा लिएको ग्रुपले जनाएको छ ।

 

तपाईंको बिचार