Sunday, February 24, 2019

भिटोफ नेपालको रोपाई महोत्सव २०७५ भव्यतापूर्वक सम्पन्न

प्रकाशित मिति: 2018/06/29

काठमाडौं । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल)ले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा रोपाई महोत्सव २०७५ भव्यताका साथ मनाएको छ । भिटोफ नेपालले असार १५ अर्थात् शुक्रबार ललितपुर गोदावरी नगरपालिका वडा नम्बर ६ स्थित लेले गाउँमा महोत्सव सम्पन्न गरेको हो । 

भिटोफ नेपालका अध्यक्ष कमल सापकोटाका अनुसार महोत्सवमा विभिन्न पर्यटकीय संघसंस्था तथा सरोकारवाला निकायका प्रतिनिधि, पर्यटन व्यवसायी, पर्यटन पत्रकार गरी ७० जना र स्थानीयसहित जम्मा साढे २ सय जनाको सहभागिता रहेको थियो । 

स्थानीय नेवारी पञ्चे बाजागाजासहित सञ्चालन गरिएको महोत्सवमा दहि चिउरा खानुका साथै सहभागिहरुबीच हिलो छ्यापाछ्याप गरेर असारे रोपाईको शुभकामना आदनप्रदान गरिएको थियो । 

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य पूर्ण कुँवर, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य रामरण थपलिया, नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ, टे«किङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)का उपाध्यक्ष जीवन थापामगर, नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)का बरिष्ठ उपाध्यक्ष अच्युत गुरागाई, रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने, नेपाल क्यानोनिङ एसोसिएशनका अध्यक्ष राजेन्द्र लामा, गुरुङ पर्यटन व्यवसायी संघ, नेपालका अध्यक्ष कमला गुरुङ तथा वडा नम्बर ६ का वडा अध्यक्ष, टान, नारा, नाटोजलगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

रोपाई महोत्सव उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले नेपाल कृषि प्रधान देश भएकाले रोपाई तथा असार १५ को महत्व उजागर गर्दै पर्यटन प्रडक्टको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए । ग्रामिण पर्यटन प्रवद्र्धनार्थ भिटोफ नेपालले अघि बढाएको रोपाई महोत्सव तथा नयाँ गाउँ पर्यटन गन्तव्यको पहिचान गर्ने काम अत्यान्तै सह्रानीय रहेको बताउँदै उनीहरुले यसलाई भविष्यमा पनि अगाडि बढाउँदै जानुपर्ने बताए । 

भिटोफ नेपालका अध्यक्ष कमल सापकोटाले कृषि पर्यटन तथा चाँडपर्वलाई पर्यटन प्रवद्र्धन गर्ने माध्यामको रुपमा उपयोग गर्न सके सन् २०२० सम्म वार्षिक २० लाख पर्यटक भित्रयाउने लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउनुभयो । नेपाल विविधतायुक्त गाउँहरुले बनेको देश भएकाले ग्रामिण पर्यटन प्रवद्र्धनलाई भिटोफ नेपालले अभियानकै रुपमा अघि बढाएको उहाँको भनाइ थियो । उहाँले भिटोफ नेपालको यो अभियानमा सहयोग र सहकार्य गर्ने सबैप्रति धन्यवाद ज्ञापनसमेत गर्नुभयो । 

तपाईंको बिचार