Tuesday, April 23, 2019

नविकरण नगर्ने ट्राभल तथा ट्रेकिङ कम्पनी खारेज हुँदै

प्रकाशित मिति: 2018/07/01

काठमाडौं । पर्यटन विभागले साउन १५ भित्र नवीकरण नगराउने ट्राभल तथा ट्रेकिङ कम्पनी खारेजी गर्ने भएको छ । विभागमा २ हजार भन्दा बढी ट्राभल र ३ हजार भन्दा बढी ट्रेकिङ कम्पनी दर्ता छन्, तर त्यसमध्ये ६० प्रतिशत मात्रै सक्रिय र निमिमित नवीकरणमा रहेको पाइएको छ ।

विभागले सार्वजनिक सूचना मार्फत ट्राभल तथा ट्रेकिङ कम्पनी सञ्चालनको लागि इजाजत लिएका कम्पनीहरुलाई १ महिनाको नबीकरण गर्ने समयसिमा तोकेको हो । विभागका अनुसार आगमी साउन १५ गतेभित्र ६ महिनादेखि नवीकरण नभएका एजेन्सीलाई एक पटकको लागि मौका दिइएको छ । ट्राभल तथा ट्रेकिङ एजेन्सी नियमावली २०६२ को नियम ७ बमोजिम बिभागले दर्ता तथा नवीकरणको सुचना जारी गरेको हो ।  

तपाईंको बिचार