Thursday, July 18, 2019

हिमालयन ट्राभल मार्टको सम्पूर्ण रकम पर्यटन बोर्डमा केन्द्रिकृत गरिदैें

प्रकाशित मिति: 2018/07/04

काठमाडौं । अबदेखि हिमालयन ट्राभल मार्टको सम्पूर्ण रकम नेपाल पर्यटन बोर्डको खातामा जम्मा हुने भएको छ । नेपाल पर्यटन बोर्ड सञ्चालक समितिले आगामी दिनमा आयोजना हुने हिमालयन ट्राभल मार्टको सम्पूर्ण रकम पर्यटन बोर्डमा केन्द्रिकृत गर्ने निर्णय गरेको हो ।

पर्यटन मन्त्रालय र पर्यटन बोर्डको सहकार्यमा एसिया प्यासिफिक ट्राभल एसोसिएशन (पाटा) नेपाल च्याप्टरले हिमालयन ट्राभल मार्ट आयोजना गर्दै आएको छ । अहिलेसम्म पहिलो हिमालयन ट्राभल मार्ट २०१७ र दोस्रो हिमालयन ट्राभल मार्ट २०१८ सम्पन्न भइसकेको छ । यस अघि सम्पन्न दुईटै ट्राभल मार्टको आम्दानी र खर्च पाटा नेपाल च्याप्टरले नै राख्दै आएको थियो ।

तपाईंको बिचार