Tuesday, September 17, 2019

मगर पर्यटन समाजले एक हप्ते आधारभूत व्यवसायिक तालिम सञ्चालन गर्ने

प्रकाशित मिति: 2018/07/04

काठमाडौं । नेपाल मगर पर्यटन समाजले पर्यटन व्यबसायीहरुका लागि व्यवसायिक तालिम सञ्चालन गर्ने भएको छ । यही असार २४ गतेदेखि एक हप्ते आधारभूत व्यवसायिक तालिम सञ्चालन गर्न लागिएको समाजका महासचिव जीवन थापामगरले जानकारी दिए ।

ठमेलस्थित समाजका निवर्तमान सचिव राजन थापाको इम्याजिन वेब सोलुशनको कार्यालयमा सो तालिम सञ्चालन हुने जनाइएको छ । तालिममा आधारभूत व्यवसायिक विषयमा समाजका वरिष्ठ सल्लाहकार एवं ताहाचल क्याम्पसका पूर्व प्राध्यापक, वरिष्ठ पर्यटन व्यवसायी महेन्द्रध्वज रानामगर र फोटोग्राफीसम्बन्धी युवा फोटोग्राफर विश्वास पुनले प्रशिक्षण दिने टानका उपाध्यक्षसमेत रहनुभएका थापा मगरले बताए । 

सोही अवसरमा ट्रेकिङ गाइड (पथप्रदर्शक)हरूका लागि फोटोग्राफी तालिम समेत गरिने छ ।  उहाकाअनुसार तालिममा सहभागी हुनका लागि २ हजार ९ सय ९९ रुपैयाँ शुल्क लाग्ने छ । समाजले अर्को महिनामा टिकेटिङसम्बन्धी तालिम सञ्चालन गर्ने तयारी समेत गरेको छ ।

तपाईंको बिचार