Tuesday, April 23, 2019

सबै क्षेत्रमा भिटोफको सहभागितका लागि मेरो महासचिवको उम्मेदवारी : केपी सुवेदी

प्रकाशित मिति: 2018/07/05

काठमाडौं । गाँउ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल)को आसन्न  साधारणसभाबाट चयन हुने नयाँ कार्यसमितिका लागि केपी सुवेदीले  महासचिव पदमा उम्मेदवारी दिने बताएका छन् । हिमालयन स्माइल ट्रेक्स एन्ड एड्भेञ्चरका प्रबन्ध निर्देशक सुवेदी मञ्चको वर्तमान कार्यसमितिका सदस्य हुन । 

उनी विसं २०५१ देखि पर्यटन क्षेत्रमा क्रियाशिल छन् । पर्यटनमा आफुले हाँसिल गरेको अनुभवका आधारमा ग्रामिण पर्यटनको प्रवद्र्धनका लागि उम्मेदवारी दिन लागेको उनले बताए । 

मञ्चको संरचनात्मक सुधार गरि नयाँ शैलिबाट अघि बढाउने, आर्थिक अवस्था मजबुत बनाउन प्रयास गर्नु  आफ्नो प्रमुख एजेन्डा भएको उनले बताए । यसका अतिरित्त नेपालका गाँउ गाँउमा पर्यटनको ठुलो सम्भावना रहेको भन्दै सुवदीले त्यसलाई उजागर गरि आवश्यक प्रचार–प्रसार गरि पर्यटन प्रवद्र्धन गर्नका लागि महासचिवमा पदमा रहेर काम गर्न चाहेको भन्दै सहयोगका लागि आग्रह गरे । 

भिटोफ नेपालले विगतमा पहिचान गरेका गाँउहरु अहिले पर्यटकको रोजाईमा पर्न थाले भन्दै उनले ति लगायत अन्य सबै क्षेत्रमा पनि संघको सम्मानजनक सहभागिताका लागि पनि पहल गर्ने प्रतिवद्धता जनाए ।

भिटोफ नेपालले आगामी साउन १५ गते नयाँ नेतृत्वको निर्वाचन गर्दैछ । 

तपाईंको बिचार