Thursday, July 18, 2019

सगरमाथा आरोही छोकी शेर्पा सम्मानित

प्रकाशित मिति: 2018/07/09

काठमाडौं  । (गौतम बुद्ध नेपालमा जन्मेका हुन) भन्ने सन्देश  बोकेर सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छोकी शेर्पा सम्मानीत भएकी छिन । दोलखाको गौरीशंकर गाउँपालिकामा जन्मिएकी शेर्पालाई कोर्सा नेपाल एडभेन्चर प्रालिले राजधानीमा एक कार्यक्रमका विच सम्मान गरेको हो ।

हिमआरोहीहरुले नेपालको पर्यटन प्रवद्र्धनमा ठुलो सहयोग पु¥याएकोले शेर्पालाई सम्मान गरिएको कोर्सा नेपाल एडभेन्चर प्रालिका प्रवन्धक निर्देशक नकुल देवकोटाले जानकारी दिए । उनले नेपालको पर्यटन क्षेत्रको आधा हिस्सा हिमाली क्षेत्रले ओगटेको भन्दै उनीहरुको सम्मानमा आफु सधै लाग्ने बताए ।

हिम आरोही शेर्पाले सगरमाथाको चुचुरोमा बुद्धको मुर्ति पु¥याउन पाउँदा आफुलाई निकै खुसी लागेकी बताइन् । उनले थपिन् “मेरो सफलता सम्पूर्ण नेपाली नारीहरुको सफलता हो । म विदेश पलायन हुन्न, पर्यटन क्षेत्रको विकासमा लाग्नेछु ।” पाँच वर्ष वैदेशिक रोजगारीमा गएका शेर्पाले विदेशमा अझै बुद्धकोे विषयमा भ्रम रहेकोले त्यसलाई चिर्नको लागि सगरमाथाको चुचुरोमा बुद्धको मुर्ति पु¥याएर बुद्ध नेपालमै जन्मिएका हुन भन्ने सन्देश दिएकी बताइन ।

सम्मान कार्यक्रममा सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राई, दोलखाका संघीय सांसद पार्वत गुरुङ, पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेल, पर्वतारोहण सघंका अध्यक्ष सन्तवीर लामा, ट्रेकिङ एजेन्सिज अफ नेपाल (टान) का महासचिव आङपेम्बा शेर्पा लगायतले शुभकामाना व्यक्त गरेका थिए ।

तपाईंको बिचार