साउनबाट धुलिखेल–पोखरा पर्यटकीय बस सञ्चालन हुने

काठमाडौँ । पर्यटकीय नगरी पोखरा र धुलिखेललाई जोड्न तहल्का टुर्स एण्ड ट्राभल्सले साउन १ गतेदेखि पर्यटकीय बस सञ्चालनमा ल्याउने भएको छ ।
कम्पनीका प्रबन्ध निर्देशक जनकराज तिमल्सिनाले बस सेवा सञ्चालन भएपछि पोखराबाट धुलिखेल र धुलिखेलबाट पोखरा जाने पर्यटकका लागि सहज बन्ने बताए ।
तिमिल्सिनाले यसबाट आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । एयरकन्डिसन जडित सुविधायुक्त बस धुलिखेलबाट बिहान ६ र पोखराबाट विहान ७ बजे दैनिक छुट्नेछन् । धुलिखेलबाट छुट्ने बस बनेपा, भक्तपुर, कोटेश्वर, सातदोवोटो, एकान्तकुना, बल्खु, कंलकी हुँदै पोखरा जानेछ ।
यात्रुको चापलाई हेरेर थप बस संचालन गर्ने तयारीमा कम्पनी छ । यसअघि सोही कम्पनीले भक्तपुरबाट पोखरा बस सञ्चालन गरीसकेको छ ।
तपाईंको बिचार