Sunday, February 24, 2019

बन्दीपुरमा चम्किदैं बन्दीपुर कौशी इन– होटेल

प्रकाशित मिति: 2018/07/11


आन्तरिक र बाह्य पर्यटकहरुको आवतजावत भइरहने बन्दीपुर क्षेत्रमा होटेल, गेस्ट हाउसहरु र रिर्सोट टन्नै पाइन्छन् । तिनैको भीडभाडमा देख्न पाइन्छ एउटा बुटिक होटेल “बन्दीपुर कौशी इन” । ग्राहकहरुलाई मध्यनजर गरी खोलिएको यो होटेल खोलेको खासै धेरै भने भएको छैन । तर खोलेपछि नै यसले ग्राहकहरुको मन जित्न सफल भएको छ ।

बन्दीपुर कौशी इनको स्थापना विस २०७४ साल चैतमा भएको हो । ग्राहकहरुकै मन रिझाउनको लागि खोलिएको यो होटेल ३ तल्लाको आधुनिक शैलीबाट बनेको छ । ८ वटा कोठाहरुले सजिएको यस रिर्सोटले १६ जनाको क्षमता राख्दछ । साथै रेष्टुरेन्ट र बार एण्ड कफी सपको व्यवस्था यहाँ रहेका छ ।

काठमाडौैंबाट यहाँ आउन चाहनेलाई करिब ४ घण्टा (१४५ कि.मि) पोखराबाट २ घण्टा (८० किमि), चितवनबाट डेढ घण्टा (५० किमि) को यात्रा पार गरेर आउनु पर्दछ । र, डुम्रेबाट ८ किमि दक्षिणमा पर्दछ । 

होटेलले अरु पनि थुप्रै सुविधाहरु पनि दिएको छ । वाइफाइ, आउन जानलाई गाडीको सुविधा र मीठा–मीठा परिकारहरुका खानाहरु पनि पाइन्छ । त्यसैले त यहाँ विभिन्न देशका पर्यटकहरु आउँछन् । जर्मन, फ्रान्स, इटाली, स्पेन, निडरल्याण्ड, ब्रिटिस तथा अमेरिकनहरु सिजनअनुसार र नेपालीहरु बाह्रै महिना हुन्छन् ।
साथै बन्दीपुर घुम्नको लागि आवश्यकताअनुसार गाइड पनि व्यवस्था गरिदिने गरेको छ । बन्दीपुर क्षेत्र १०३० उचाइमा रहेको छ । मौसम अनुकूल रहेमा अन्नपूर्णदेखि मनासुलु हिमाल पनि देख्न सकिन्छ । बन्दीपुरबाटै डेढ घण्टाको पैडल यात्रामा सिद्ध गुफा पुगिन्छ जुन करिब ५०० मि. लम्बाइ र हिमाली भेगको सबैभन्दा ठूलो गुफाको रुपमा परिचित छ । मगर गाउँ– रामकोट (हाइकिङ), बन्दीपुर बजारजस्ता रमाइला ठाउँहरु पाइन्छ ।

तपाईंको बिचार