Wednesday, September 18, 2019

नियूक्ती खारेजीको पत्र नआउदै नेपाल पर्यटन बोर्डमा नयाँ सदस्य नियूक्तीको चलखेल

प्रकाशित मिति: 2018/07/12

काठमाडौं । गतसाता बसेको मन्त्रीपरिषद् बैठकले अघिल्लो शेरबहादुर देउवा सरकारले गरेको राजनीतिक नियूक्ती तथा मनोनयन खारेज गरेसँगै नेपाल पर्यटन बोर्डमा पनि नयाँ संचालक समिति सदस्य चयन सुरु भएको बुझिएको छ । सरकारका तर्फबाट आधिकारीक पत्र नआएपनि भित्री रुपमा नयाँ सदस्य चयनको काम अन्तिम चरणमा पुगिसकेको बुझिएको छ । 

नयाँ सदस्यका रुपमा कसकसलाई पठाउने भन्नेबारे समेत निर्णय भइसकेको स्रोतले बताएको छ । यसअघिको सरकारले बरिष्ठ पर्यटन व्यवसायी दीपक महत, कृष्ण बहादुर महरा र अवदेश दासलाई बोर्ड संचालक समिति सदस्यमा नियूक्त गरेको थियो । सरकारले नियूक्ति खारेज गर्ने निर्णय गरेपनि उनीहरुले भने पत्र पाएका छैनन । उनीहरु पत्र प्राप्त भएपछि सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालत जाने प्रायः निश्चित छ । 

यसअघि सन् २०१२ मा पनि बोर्ड सदस्य गणेश सिंखडा, निमी शेर्पा र अग्नी कडेललाई पनि सरकारले पदमुक्त गरेपछि सर्वोच्च अदालत गुर्हान पुगेका थिए । अदालतको आदेश पश्चात पुनः उनीहरु सदस्यमा बहाली भएका थिए ।

तपाईंको बिचार