Thursday, July 18, 2019

भिटोफ निर्वाचनको लागि निटद्वारा थपलियाको संयोजकत्वमा वार्ता कमिटि गठन

प्रकाशित मिति: 2018/07/13


गाउँ पर्यटन प्रवद्न पर्यटन मञ्च (भिटोफ नेपाल) को आगामी साउन १५ गते हुन गइरहेको निर्वाचनको लागि नेपाली कांगे्रस निकट पर्यटन व्यवसायीहरुको छाता संगठन नेपाल पर्यटन व्यवसायी संघ (निट) ले संघको सह अध्यक्ष रामशरण थपलियाको संयोजकत्वमा वार्ता कमिटि गठन गरेको छ । 

थपलियालाई विभिन्न राजनीतिक संगठन र व्यवसायिक संगठनहरुसँग सम्वन्य गरेर भिटोफ निर्वाचनलाई सहजीकरणको लागि मिलनबिन्दु खोज्नको लागि अख्तियारी प्रदान गरेको छ । 

संयोजकको जिम्मेवारी पाएसँगै थपलियाले गन्तव्य नेपाल न्यूजसँग संक्षिप्त कुराकानी गर्दै भिटोफ निर्वाचनमा सर्वसहमतिको नेतृत्वमा आफू लागि पर्ने बताउनुभएको छ । पर्यटन क्षेत्रको श्रीवृद्धि गर्नको लागि सहमतिको विकल्प आफूले नदेखिनु पनि बताउनुभयो । 

तपाईंको बिचार