Sunday, February 17, 2019

महासचिव वासु पाण्डेद्वारा भिटोफको नयाँ नेतृत्व लिने घोषणा

प्रकाशित मिति: 2018/07/13

 


गाउँ पर्यटन प्रवद्न पर्यटन मञ्च (भिटोफ नेपाल) ले आगामी साउन १५ गते निर्वाचन गर्ने घोषणा गरे सँगै मञ्चका वर्तमान महासचिव वासु पाण्डेले अध्यक्षको प्रत्यासीको रुपमा घोषणा गरेका छन् ।

भिटोफ नेपाललाई थप सशक्त्ता दिन र पर्यटन क्षेत्रमा सम्मानित संस्थाको रुपमा रुपान्तरण गर्नको लागि भिटोफमा आफ्नो उम्मेदवारी जरुरी रहेको उनको दाबी छ । 

“भिटोफको प्रशासनिक संरचनादेखि लिएर देशैभरि लुकेर रहेका सुन्दर गन्तव्य गाउँहरुको प्रवद्नको लागि मञ्चमा आमूल परिवर्तन गर्न जरुरी छ । त्यसको लागि मसँग संरचनागत भिजन छ ।” उनले बताए ।

मञ्चले अहिलेसम्म घोषणा गरेको गाउँहरुको संरक्षण, संवद्र्धन गर्न जरुरी भएको बताउँदै पाण्डेले नेपालको सबै गन्तव्यहरुमा पर्यटन विकास गर्नको लागि भिटोफले नयाँ ढंगबाट अगाडि बढ्नु पर्ने जरुरी छ । यस अर्थमा आफूले भिटोफको अगामी निर्वाचनमा नेतृत्व लिन चाहेको उनले बताए ।

उनले सकेसम्म सबै व्यवसायीहरुलाई गोलबद्ध गरी सहमतिय नेतृत्वको पक्षमा आफ््नो पहिलो प्रयास अधिकतम हुने बताउँदै सहमति नभए प्रजातान्त्रिक पद्धति अपनाएर जाने पनि बताए । एक अर्को प्रसङ्गमा पाण्डेले गन्तव्य न्यूजसँग कुराकानी गर्दै आफू निः स्वार्थ भावका साथ भिटोफको नेतृत्वमा जान लागेकोले भिटोफ नेपालका सदस्य तथा सरोकारवाला निकायहरुलाई आफूलाई सहयोग गर्नको लागि पनि हार्दिक अपिल गरेका छन् । पाण्डे टे«किङ तथा होटेल व्यवसायमा आवद्ध छन् ।
 

 

तपाईंको बिचार