Tuesday, September 17, 2019

“फोहोरी राजनीतिक खेलका बीच भिटोफमा जान्न”– राम घले

प्रकाशित मिति: 2018/07/16

गाउँ पर्यटन प्रवद्न पर्यटन मञ्च (भिटोफ नेपाल) का प्रथम उपाध्यक्ष तथा घले टे«क्स एण्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक राम घलेले आगामी साउन १५ गते हुन गइरहेको भिटोफ निर्वाचनमा अध्यक्षको आकांक्षीको रुपमा आफू तयार रहेको बताएका छन् । उनले आफू फोहोरी राजनीतिक चलखेलका बीच अध्यक्षको उम्मेदवार नबन्ने बताएका छन् । 

“भिटोफ एउटा व्यवसायिक र आर्थिक रुपमा कमजोर संस्था हो । त्यसैले यो संस्थामा राजनीतिक गठनबन्धन बनाएर निर्वाचन गर्दा संस्था झ्न कमजोर र ताट पल्टिदै जाने निश्चित छ ।” यस अर्थमा भिटोफलाई नयाँ मार्गनिर्देश गराउन र आर्थिक रुपमा सम्पन्न बनाएर देशैभरिको गाउँहरुको पर्यटन प्रर्वद्न गर्नको लागि अब संस्थामा सर्व सहमतिय नेतृत्वको आवश्यकता छ । उनले भने, नेतृत्वको लागि यो या त्यो भन्ने होइन । यति मात्र हो भिटोफ पर्यटनकै अत्यन्तै महत्वपूर्ण संस्था भएकोले यसलाई आर्थिक रुपमा सम्पन्न बनाएर सबै व्यवसायीहरुलाई समेट्दै गाउँ गाउँसम्म पर्यटन व्यवसायी र पर्यटक पु¥याउनु पर्छ । त्यो वातावरण बनाउनको लागि सबै व्यवसायीहरुको साझा टिम बनाएर भिटोफलाई दिशानिर्देश गरिनु पर्छ । यो आजको माग हो, उनले बताए । 

गन्तव्य नेपालसँगको कुराकानीमा घलेले भिटोफलाई गैरराजनीतिक र सम्मानित संस्थाको रुपमा विकास गरिनु पर्छ भन्दै सबैले आ–आफ्नो ठाउँबाट हठ त्यागेर सम्वृद्ध र शानदार भिटोफ बनाउन लाग्नुपर्ने उनले बताए । 

 

 

तपाईंको बिचार