Tuesday, April 23, 2019

“सर्वसहमतिय नेतृत्व लिन आँतुर छु, मैदानबाट पनि भाग्दिन”– थापा

प्रकाशित मिति: 2018/07/17


गाउँ पर्यटन प्रर्वद्न मञ्च (भिटोफ नेपाल) का पूर्व महासचिव तथा एवान एक्सकर्सन ऐडभेन्चर टुर्स एण्ड ट्रयाभल्सका प्रबन्ध निर्देशक राजकुमार थापा मगरले यही साउन १५ गते हुन गइरहेको भिटोफ निर्वाचनमा अध्यक्षको उम्मेदवारको रुपमा आफू प्रस्तुत हुने बताएका छन् । उनले समृद्ध भिटोफको आफ्नो अभियानमा सहयोग गर्नको लागि सबै व्यवसायीलाई आग्रह गरेका छन् ।

थापाले गुट–उपगुटबाट भिटोफ अगाडि बढ्न नुुसक्ने भन्दै सबै व्यवसायीहरु अट्न सक्ने भिटोफ नै आजको आवश्यकता भएकोले सर्वसहमतिय नेतृत्वको टिम बनाउनु पर्ने बताएका छन् । गन्तव्य नेपालसँग एक संक्षिप्त कुराकानी गर्दै थापाले आफूले भिटोफको नेतृत्व सम्हाले पश्चात् भिटोफलाई आर्थिक रुपमा बलियो बनाउने, राष्ट्रिय घरबाँस महोत्सव गर्ने भिटोफलाई संघीयता अनुरुप शाखाहरुको विस्तार गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा गाउँ पर्यटनको सशक्त प्रर्वद्न गर्ने, भिटोफ वेव साइटलाई गाउँ पर्यटनको इनफरमेसन बैंक बनाउने र गाउँ पर्यटनलाई सहजता दिनको लागि घरबार निर्देशिका अथवा होम स्टे बुक प्रकाशन गर्ने लगायतका कामहरु गर्ने बताएका छन् ।

एक अर्को प्रसङ्गमा थापाले आफ्नो पहिलो प्राथमिकता भनेकै सर्वसहमतिय टिम बनाउने हो भन्दै भिटोफको नेतृत्व लिने सवालमा आफू सशक्त उम्मेदवार भएकोले सर्वसहमति हुन नसक्दा पनि निर्वाचनको मैदानबाट नबाहिरिने पनि बताएका छन् । 

तपाईंको बिचार