Tuesday, September 17, 2019

सबै ठाउँमा भिटोफको पहुँच पुर्‍याउन मेरो अध्यक्षको दाबेदारी: जस्फा पाण्डे

प्रकाशित मिति: 2018/07/17

यति बेला गाउँ पर्यटन प्रर्वद्न मञ्च (भिटोफ नेपाल) को चुनावको चहलपहल चलिरहेको छ । अगामी साउन १५ गते हुने निर्वाचनमा सबैजना आ–आफ्नो दरिलो हतियार दिएर प्रस्तुत गर्दै छन् । त्यस्तै भिटोफकै सचिव जस्फा पाण्डे यो निर्वाचनमा अध्यक्षको उम्मेदवारमा प्रस्तुत हुँदैछिन् ।

गाउँमा हुर्के पनि उपत्यकाकै रहनसहनमा घुलमिल भएकी पाण्डेलाई गाउँहरुको विकास कसरी गर्ने भन्नेमा चिन्ता छ । उनी भन्छिन्, भिटोफको अध्यक्षको रुपमा चयन भए पहिले गाउँकै विकासमा लाग्नेछु । उनी थप्छिन्, भिटोफले हुन त वर्षमा ३ वटा गाउँहरुको प्रमोसन गर्दै आएको छ । तर त्यस गाउँको अवस्था कस्तो र कतातर्फ लाग्दैछ भन्नेमा फलो अप कहिल्यै गर्दैनन् । म यी कुराहरुमा बढी ध्यान दिनेछु । 

“त्यसै म भिटोफलाई हरेका मानिसहरुको पहुँचमा ल्याउन र बलियो बनाउन हरदम प्रयासरत रहनेछु । यो मेरो दृढता हो ।” पाण्डेले भनिन् ।

मलाई लाग्छ म एक सक्षम महिला हुँ । भिटोफको लागि केही गर्न सक्छु । त्यसमाथि पनि भिटोफमा अहिलेसम्म कोही पनि महिलाहरु अध्यक्षमा गएका छैनन् । त्यसैले पर्यटनमा महिलाहरुको सशक्त सहभागिताको लागि म अध्यक्षको रुपमा प्रस्तुत भएकी हुँ ।

भिटोफको आर्थिक बजेट अहिले अलि कमजोर छ । बजेटलाई मजबुत बनाउनको लागि र सबै ठाउँमा भिटोफको पहुँच पुर्‍याउनमा आफू लाग्ने बताइन् । साथै उनले भिटोफमै बसेर २ वर्ष सदस्य र २ वर्ष सचिवको रुपमा आफ्नो दायित्व निभाइसकेकी छिन् । त्यसैले उनी आफूलाई यस पदको बलियो दाबेदार पनि मान्छिन् । 

पाण्डेले विभिन्न गाउँहरुमा गएर गाउँ पर्यटन सम्बन्धि तालिमसमेत दिइएकी छिन् ।

तपाईंको बिचार