Thursday, October 24, 2019

भिटोफको अघिल्लो त्यागलाई सम्मान गरेर मेरो नेतृत्व स्वीकार्नुस्ः सिंखडा

प्रकाशित मिति: 2018/07/18

 

काठमाडौं । ग्रामीण पर्यटन प्रर्वद्न मञ्च भिटोफ नेपालको यही साउन १५ गते हुन गइरहेको निर्वाचनमा भिटोफ नेपालका पूर्व प्रथम उपाध्यक्ष धुव्र सिंखडाले अध्यक्षको उम्मेदवारी दिने घोषणा गरेका छन् ।

अध्यक्षको घोषणा गरेसँगै उनले भिटोफलाई सातैवटा प्रदेशमा विस्तार गर्ने बताएका छन् । उनी भन्छन्, नेपालका धेरै गाउँहरु पर्यटकहरुको गन्तव्य हो । त्यस्ता गाउँहरुको हरपल निरिक्षण गरेर त्यसलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न आफू अहोरात्र लागि पर्ने बताएका छन् । 

विगत १५ वषेदेखि पर्यटन क्षेत्रमा लागि परेका सिंखडा वर्ड भिजन ट्राभल एण्ड टुर्स कम्पनीका संचालक, रोड लिंक ट्रान्सर्पोटका प्रबन्ध निर्देशक, लाइयन्स क्लब काठमाडौं–मनकामनाको अध्यक्ष, मित्रनगर विकास समितिको भाइस सेक्रेटरी, तत्कालीन एमाले पर्यटन इलाकाको अध्यक्ष, पर्यटन व्यवसायी संगठन नेपालको उप–महासचिव लगायतमा आवद्ध छन् । उनले भिटोफमा बसेर लामो अनुभव बटुलिसकेका छन् । साथै अन्य धेरै सामाजिक संस्थाहरुमा पनि सक्रिय भूमिका निभाएका छन् ।

गन्तव्य नेपालसँग कुराकानी गर्दै सिंखडाले आफू भिटोफमा गए पश्चात् भिटोफलाई पर्यटनको एउटा सम्मानित संस्था बनाउने, नेपालका हरेक गाउँलाई पर्यटकीय गाउँ बनाउन पहल गर्ने, गन्तव्य घोषणा भएको गाउँको संरक्षण र नयाँ गाउँको पहिचान गर्ने र हरेक वर्ष भिटोफले घोषणा गर्ने पर्यटकीय गाउँलाई गन्तव्य गाउँ बनाउने र आर्थिक रुपमा कमजोर रहेको भिटोफलाई आर्थिक रुपमा सबल बनाउन सम्बन्धित सरोकारवालाहरुसँग समन्वय गरेर अगाडि बढ्ने बताएका छन् ।

उनले आफूले अघिल्लो कार्यकालमा निविरोध टिम बनाउन त्याग गरेको बताउँदै स्वभाविक रुपमा यसपालि आफ्नो नेतृत्वलाई सबैले स्वीकार गर्नुपर्ने उनको भनाइ छ । आफ्नो गाउँ पर्यटन प्रवद्न गर्ने उच्च लगाभलाई मार्न खोजे प्रजातान्त्रिक पद्धतिलाई अभिलम्बन गरेर भए पनि भिटोफमा जाने स्पष्ट पारेका छन् । 

 

 

तपाईंको बिचार