Wednesday, September 18, 2019

मिसन र भिजनसहित म भिटोफमा जाँदैछुः देवकोटा

प्रकाशित मिति: 2018/07/18


काठमाडौं । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ नेपाल) को निर्वाचन नजिकिदैं गर्दा अध्यक्षको आकांक्षीहरु पनि बढ्दै गइरहेका छन् । क्रोसा नेपाल ऐडभेन्चर प्रालिका प्रबन्धनिर्देशक नकुल देवकोटाले गाउँ–गाउँमा पर्यटनको पहुँच पु¥याउन आफूले यही साउन १५ गते हुन गइरहेको भिटोफ निर्वाचनमा अध्यक्षको उम्मेदवारी दिने बताएका छन् । 

“भिटोफलाई विशुद्ध गैरराजनीतिक संस्थाको रुपमा विकास गर्दै हल्लाको गाउँ पर्यटनको विकास नभई जनस्तरसम्म पर्यटनको वास्तविकता र महत्वको बारेमा जनचेतना जगाउँदै पर्यटन उत्थान र विकास गर्नको लागि गाउँ–गाउँबाट स्वतः स्फूर्त रुपमा जनजागरण ल्याउन जरुरी छ । त्यसको लागि आफूसँग मिसन र भिजन भएकोले आफूलाई भिटोफ निर्वाचनमा सहयोग गर्नको लागि अनुरोध गर्दछु ।” देवकोटाको भनाइ छ ।

उनी भन्छन्,– गफगाफको भीडमा गाउँको विकास हुन सक्दैन । साँच्चि नै गाउँको पर्यटन विकास गर्नको लागि गाउँमै गएर त्यहाँको रहनसहन, रीतिरिवाजलाई गहन अध्यन, अनुसन्धान पश्चात् हामीले योजना बनाएर कार्यान्वयन गर्नुपर्दछ ।

‘मैले भिटोफ नेपालको नेतृत्व यो अर्थमा चाहिरहेको छु कि अब भिटोफलाई राष्ट्रिय संस्थाको रुपमा रुपान्तरण गर्ने, देशैभरि रहेका ऐतिहासिक र पूरातात्विक गाउँहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्ने र त्यसमा पर्यटन विकाससँगसँगै त्यहाँका जनस्तरको आर्थिक श्रीवृद्धि गर्ने नै हो । हामीले पर्यटनमा पर्यटन विकास प्रर्वद्न गर्ने हो । पर्यटनको नाउँमा घृणित राजनीतिक खेल खेल्ने होइन । त्यो विगतका पर्यटकीय संघ संस्थाको निर्वाचनले पनि प्रस्ट पारेकै छ । त्यसैले हाम्रो होइन, राम्रो उम्मेदवारको सर्वसहमतिय व्यवसायिक टिम बनाएर भिटोफ हाँकौं । यसमै हामी सबै पर्यटनकर्मीको हित हुनेछ ।’ उनी भन्छन् । 

देवकोटा क्रोसा रुरल एजुकेशन फन्ड सामाजिक संस्थालगायत दर्जनौं संघसंस्थामा आवद्ध छन् ।

 

तपाईंको बिचार