Sunday, February 24, 2019

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रकाशित मिति: 2018/07/19


पोखरा । पोखरा विश्वविद्यालयको १९ औँ वार्षिक साधारणसभा समारोहका लागि पोखरा पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ ।

उहाँले निर्माणाधीन विमानस्थल निरीक्षण गर्दै त्यहाँ भइरहेका कामबारे जानकारी लिनुभएको हो । उहाँलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख विनेश मुनकर्मीले भइरहेका निर्माण कार्यबारे जानकारी गराउनुभयो ।

निरीक्षण क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतको उपस्थिति थियो । 

तपाईंको बिचार