Sunday, February 24, 2019

ठमेलमा एउटै छानामुनि पर्यटकीय स्तरको होटल, स्पा र लाउन्ज एन्ड बारको सुविधा (फोटो फिचर)

प्रकाशित मिति: 2018/07/19

काठमाडौं । पर्यटकीय नगरि ठमेलको मुटु कर्मचारी संचयकोष चोकमा एउटै भवनमा गुणस्तरीय होटल, स्पा र लाउन्ज एन्ड बारको सेवा उपयोग गर्न पाइने भएपछि स्वदेशी एवं विदेशीहरुलाई सहज भएको छ । गत वर्षको डिसेम्बर २५ देखि संचालनमा ल्याइएको नेपालकै सबैभन्दा ठुलो स्पा, पार्लर सहितको होटल तथा लाउन्ज पछिल्लो समय सबैको रोजाइमा पर्न थालेको छ । 

यसका अलवा ठमेलमा पनि उपयूक्त पार्किङ र विश्राम स्थल समेत रहेको संचालक ध्रुब अधिकारीले जानकारी दिए । स्पा सहित भवनको तेस्रो र चौथो तल्लामा पर्यटकीय स्तरको रेट्रो होटल रहेको छ । त्यहाँ पर्यटकलाई गुणस्तरीय एवं आरामदायी सेवा प्रवाह गरिने बताइएको छ । 

पाँचौ तल्लामा भिआईपी लाउन्ज एन्ड बार रहेको छ । जहाँ नेपाली तथा विदेशी पर्यटकले नेपाली खानाको स्वाद लिइ सांगीतिक मनोरञ्जन लिन सक्ने छन् । प्रत्येक दिन रातको १ बजे लाईभ म्युजिकको पनि व्यवस्था मिलाइएको र त्यसपछि बिहान सम्म डिस्को थेक संचालन गरिएको संचालक अधिकारीले जानकारी दिए । 

एउटै छानामुनी सबै प्रकारका सेवाहरु प्रदान गरिएकाले नेपाल घुम्न आएका पर्यटकहरुलाई भरपुर मनोरञ्जन दिलाउने विश्वास लिइएको छ । यसका साथै यी सेवाका लागि पर्यटकहरुलाई विभिन्न स्थानमा जानुपर्ने झन्झटिलो अवस्थाको समेत अन्त भएको छ । यो पर्यटकीय नगरी ठमेलकै नमुना स्थान बन्ने पनि विश्वास लिइएको छ । आगामी दिनमा आफ्नो सेवा तथा सुविधाहरुलाई अझ प्रभावकारी बनाउदै लैजाने प्रतिवद्धता पनि संचालक ध्रुब अधिकारीले गरेका न् ।

तपाईंको बिचार