Tuesday, April 23, 2019

पर्यटक रिझाउन मन्दिरमा सुनको जलपः सहयोगको लागि अपिल

प्रकाशित मिति: 2018/07/22

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ९ मा रहेका वाकुपति नारायण मन्दिर यतिबेला जीर्णेद्वारा भइरहेको छ । सबैको आकर्षकमा रहेको यो मन्दिर पर्यटकहरुको एउटा आकर्षकको केन्द्र विन्दु पनि हो ।

भक्तपुर घुम्न आउने पर्यटकहरुलाई त्यस मन्दिरभित्र नछिरी सुखै छैन । स्थानीय कृष्णगोपाल प्रजापति भन्छन्, “मन्दिरभित्र स्थानीय बासीहरु आआफ्नो काममै व्यस्त हुन्छन् । कोही धागो काटिरहेको हुन्छन् त कोही पुराना नेवारी परम्परामा खेल्दै मग्नमुग्ध भइरहेका हुन्छन् । जसले गर्दा पर्यटकहरु मोहित हुन्छन् । उनी थप्छन्, यी सबै गतिविधिहरु मन्दिरको गेटबाटै देखिन्छ । पर्यटकहरु त्यहाँ बसेर ती बूढाबूढीहरुसँग फोटो खिच्छन् र रमाएर जान्छन् । 

तर हाल त्यहाँको स्थिति भताभुङ्ग छ । मन्दिरलाई थप आकर्षण बनाउनको लागि स्थानीयहरु लागि परेको देखिन्छ । वरिपरि ढुङ्गा, माटो, बालुवाहरु छरेको देख्न पाइन्छ । “सांस्कृतिक सम्पदाको संरक्षण र संवद्र्धनको लागि हाम्रो प्रयासको मूल नारा” का साथ उनीहरु लागि परेका हुन् । 

स्थानीयहरुले आफ्नै बलमा जसोतसो गरेर वाकुपति चाँगुनारायण मन्दिरको पहिलो तल्लाको छानामा पाता छाउने कार्य सकाइसकेको छ । अब उक्त छानामा सुनको जलप लगाउन बाँकी छ । त्यसको लागि रकम अपुग भइरहेको, प्रजापति भन्छन्, आर्थिक÷भौतिक सहयोगको निम्ति सम्पूर्ण संघ, संस्था, भक्तजन तथा अन्य महानुभावहरुमा हार्दिक उनी र श्री सम्पूर्ण वाकुपति चाँगुनारायण तामा छाना निर्माण उपभोक्ता समिति तौलाछें,  अपिल गर्दछौं ।

साथै १० लाख वा सोभन्दा बढी सहयोग गर्ने दातालाई स्वर्णपत्र र कलश घडा प्रमाण गरिने छ । १ लाख वा सोभन्दा बढीलाई ताम्रपत्र र कलश घडा प्रदान गरिने श्री वाकुपति चाँगुनारायण तामा छाना निर्माण उपभोक्ता समिति तौलाछें, ९ ले जनाएको छ ।

सहयोगको लागि सम्पर्क ठेगााना ९८१३२२२५३८÷९८४१२६४५५४

तपाईंको बिचार