Sunday, February 17, 2019

कुनै शंकोच छैन, म भिटोफलाई बनाएरै छाड्छुः महासचिवका दाबेदार खनाल

प्रकाशित मिति: 2018/07/22

काठमाडौं । यही साउन १५ गते हुने गाउँ पर्यटक प्रवद्र्धन मञ्च (भटोफ नेपाल) को निर्वाचनमा युवा पर्यटन व्यवसायी तथा भिटोफका पूर्व कोषाध्यक्ष दिपक खनालले महासचिव पदमा उम्मेदवारी दिने बताएका छन् ।

खनाल डोम हिमालय होटेल र ओसो वल्र्ड एडभेन्चर टे«किङका प्रबन्ध निर्देशक हुन् । गन्तव्य नेपालसँग एक संक्षिप्त कुराकानी गर्दै खनालले भिटोफ नेपाललाई राजनीतिक मुक्त र समृद्ध भिटोफ बनाउनको लागि नै आफ्नो महासचिवको उम्मेदवारी रहेकोले सम्पूर्ण भिटोफ सदस्य तथा शुभचिन्तकहरुलाई आफूलाई सहयोग गर्नको लागि अनुरोध गरेका छन् । आफूले विगतको भिटोफको निर्वाचनमा पटक–पटक पदको लागि त्याग गरेको बताउँदै स्वाभाविक रुपमा आफूलाई सबैले सहयोग गर्नु पर्ने बताएका छन् ।

आफ्नो भिटोफ नेपालमा जानुको कुनै स्वार्थ नरहेको भन्दै उनले भिटोफ नेपाललाई थप चलायमान बनाउन, ग्रामीण पर्यटनको सशक्त प्रवद्र्धन गर्न, भिटोफलाई संघीयताको संरचना अनुरुप शाखाहरु विस्तार गर्न, मञ्चलाई आर्थिक रुपमा समृद्ध बनाउन, मञ्चद्वारा घोषित गाउँहरुको संरक्षण, प्रवद्र्धनका साथै थप ऐतिहासिक पर्यटन गाउँको घोषणा गरी त्यहाँको वस्तुस्थितिको गहिराइसम्म अध्ययन गरी नमुना गाउँ बनाउनको लागि मेरो उम्मेदवारी हो । कुनै शंकोच छैन, म राजनीतिक मुक्त भिटोफ र गाउँ पर्यटन प्रवद्र्धनको लागि नै लाग्ने हो उनको भनाइ थियो ।

खनाल पर्यटनलगायत दर्जनौं सामाजिक संस्थाहरुमा आवद्ध रही मानवीय सेवामा समेत सक्रिय छन् ।

 

तपाईंको बिचार