Monday, June 17, 2019

भिटोफ निर्वाचनमा तत्कालिन पर्यटन एमाले संगठन धु्रब सिंखडाको नेतृत्वमा जाने

प्रकाशित मिति: 2018/07/22

काठमाडौं । तत्कालिन नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघ अन्र्तगत रहेको पर्यटन व्यवसायीहरुको छाता संगठन पर्यटन व्यवसायी संगठन नेपालले यहि साउन १५ गते हुन गइरहेको भिटोफ निर्वाचनमा मञ्चका पूर्व उपाध्यक्ष धुव्र सिंखडाको नेतृत्वमा उम्मेदवारी दिने निर्णय गरेको छ । सिंखडा तत्कालिन नेकपा एमाले निकट पर्यटन व्यवसायी संगठन नेपालको उप–महासचिव र पर्यटन इलाका कमिटीको अध्यक्ष समेत हुन् । 

 

संगठनका उपाध्यक्ष कुमार थापा अन्जनले गन्तव्य नेपालसँग कुराकानी गर्दै सिंखडाले विगतको भिटोफ निर्वाचनमा गरेको त्याग र वरिष्टताको आधारमा सिंखडाको नेतृत्वमा सर्वसहमतिय नेतृत्व हुनु पर्ने बताएका छन् । उनले आफुहरुले सिंखडाको नेतृत्वमा सहमतिय नेतृत्वको लागि विभिन्न पार्टीका पर्यटकीय संघ संगठनहरुसँग वार्ता र संवादलाई अगाडि बढाईएको पनि बताए । हामी भिटोफमा सर्वसहमतिय नेतृत्व जाओस् भन्न चाहन्छौं, अहिलेको व्यवसायीक माग पनि त्यहि नै छ । राजनीतिक आडम्बरका बीच भिटोफ निर्वाचन हुनु हुँदैन यसले गाउँ पर्यटनको विकास प्रवद्र्धन हुन सक्दैन । त्यसैले सबै बजारीकरणलाई मध्येनजर गर्दै भिटोफमा निर्विरोध टिम बनाऔं यसैमा हामी सबैको कल्याण हुनेछ, उनले बताए । 

तपाईंको बिचार