Monday, June 17, 2019

अधिकतम समय भिटोफको लागि खर्चिन तयार छुः अध्यक्षका प्रत्यासी दाहाल

प्रकाशित मिति: 2018/07/23

काठमाडौं । गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफ नेपालको अध्यक्षमा युवा पर्यटन व्यवसायी तथा मञ्चका द्वितीय उपाध्यक्ष दिपक दाहालले उम्मेदवारी दिने घोषणा गरेका छन् । 

यही साउन १५ गते हुन गइरहेको निर्वाचनमा आफ्नो नेतृत्वको सशक्त टिम घोषणाको तयारीमा रहेको उनले बताए । दाहाल एक कार्यकाल कार्यसमिति सदस्य हुँदै हाल द्वितीय उपाध्यक्ष सहित मञ्चको वर्तमान मिडिया संयोजकको जिम्मेवारीमा छन् । विगत डेढ दशकदेखि पर्यटन क्षेत्रमा लागेका दाहाल लाइभ नेपाल र्टुस एण्ड ट्राभलका सञ्चालक पनि हुन् ।

दाहालले आफू भिटोफमा गइसकेपछि सर्वाङ्गीन गाउँ पर्यटन विकास र प्रवद्र्धनको लागि राज्य र निजी क्षेत्रसँग समन्वय गरेर अघि बढ्ने बताए । “भिटोफ नेपाल गफगाफले बलियो हुन सक्दैन । संस्थालाई अधिकतम समय दिएर ग्रामीणी भेगहरुको गुरुयोजना बनाएर मात्र संस्था बलियो बन्छ ।” भन्दै आफ्नो अनुभव र योगदान गाउँ पर्यटन प्रवद्र्धनको लागि खर्चिन खुला भएर आएको पनि बताए ।

तपाईंको बिचार