Sunday, April 21, 2019

भिटोफमा राजनीतिक लँडाईकै बिच निर्वाचन हुने संकेत

प्रकाशित मिति: 2018/07/25


साउन ९, काठमाडौं । गाँउ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) को यही १५ गते हुने निर्वाचनमा सहमतिय नेतृत्व चयनको सम्भावना न्यून देखिएको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नयाँ शक्ति निकट पर्यटन व्यवसायीहरु नेतृत्व चयनमा एक हुन नसक्दा सहमतिय नेतृत्व चयनको सम्भावना न्यून देखिएको हो । 

यति मात्र होइन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आवद्ध पर्यटन व्यवसायीहरु पनि भिटोफको उम्मेदवार चयनमा एक हुन सकेका छैनन् । जसले गर्दा कांग्रेस, नयाँ शक्ति र नेकपाका आधा व्यवसायीहरुले छुटै उम्मेदवार खडा गर्ने बुझिएको छ ।

व्यवसायीहरुले सहमतिय नेतृत्वमा भिटोफमा जानु पर्नेमा जोड दिए पनि अन्ततः विगतकै विभिन्न संघ संस्थाहरुमा भएको राजनीतिक श्रृङ्खलाबाटै निर्वाचन हुने निश्चित प्राय देखिएको छ ।

तपाईंको बिचार