Sunday, February 17, 2019

अन्ततः भिटोफमा राजनीतिक लँडाईकै बिच निर्वाचन हुँदै

प्रकाशित मिति: 2018/07/26

काठमाडौं । गाँउ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल) को यही १५ गते हुन गईरहेको निर्वाचन राजनीतिक लडाँइकै बिच हुने पक्का भएको छ ।
 
लामो समय देखि भिटोफ निर्वाचनलाई सहमतिय रुपमै लानको लागि दलहरुले प्रयास गरेपनि त्यो विफल भएको छ । नेपाली कांग्रेस, तत्कालिन नेकपा एमाले निकट पर्यटन व्यवसायीहरुको सिताराम सापकोटा समुहको पर्यटन व्यवसायी संगठन नेपाल र नयाँ शक्ति निकट पर्यटन व्यवसायीहरुले भिटोफका पूर्व उपाध्यक्ष धु्रव सिंखडाको नेतृत्वमा जाने निर्णय गरी टिम बनाउन लागि रहेका छन् । त्यसै गरी यता तत्कालिन नेकपा एमाले निकट मदन आचार्य समुहको राष्ट्रिय पर्यटन व्यवसायी संगठन र तत्कालिन नेकपा माओवादीको नेपाल पर्यटन व्यवसायी संगठनले भिटोफका वर्तमान महासचिव वासु पाण्डेको नेतृत्वमा जाने निर्णय गरी टिमको तयारीमा लागिरहेका छन् ।

अन्ततः भिटोफमा सहमतिय नेतृत्वको दलहरुको प्रयास टुङ्गिएको छ । आजै यी दुवै समुहले भिटोफ नेपालको केन्द्रीय सचिवालयमा आ–आफ्नो टिम मनोनयन गर्दैछन् ।

तपाईंको बिचार