Sunday, February 17, 2019

भोलि ११ गते एनटिभीएले रक्तदान तथा अन्तरक्रिया कार्यक्रम गर्ने

प्रकाशित मिति: 2018/07/26

काठमाडौं । नेपाल पर्यटन व्यवसायी संघ (एनटिभीए) ले भोलि साउन ११ गते संघको केन्द्रीय कार्यालय हाँडीगाउँमा रक्तदान कार्यक्रम सहितको पर्यटक यातायातको समसामायिक विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
 
संघको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम गर्न लागिएको बताइएको छ । पछिल्लो समय पर्यटक यातायात क्षेत्रमा बढ्दै गएको समस्याहरुको निराकरण र निकासको लागि यातायात व्यवसायीबीच अन्तरक्रिया कार्यक्रम पनि राखिएको एनटिभीएका अध्यक्ष रामशरण कार्कीले बताउनु भएको छ ।

बिहान ८ बजेदेखि हुन गइरहेको उक्त कार्यक्रममा सम्पूर्ण पर्यटक यातायात व्यवसायी तथा पर्यटन व्यवसायीहरुलाई उल्लेख्य रुपमा सहभागिता जनाइदिनु हुनको लागि समेत एनटिभीएले आग्रह गरेको छ । गन्तव्य नेपालसँग कुराकानी गर्दै अध्यक्ष कार्कीले अकस्मात् भइपरी आउने मानवीय घटना दुर्घटनालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको सुरुवात गरेको बताउनुभयो । 

तपाईंको बिचार