Monday, June 24, 2019

भिटोफमा सिंखडा र पाण्डे भिड्दै

प्रकाशित मिति: 2018/07/26

काठमाडौं । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल)को यहि साउन १५ गते हुन गइरहेको निर्वाचनमा मञ्चका पूर्व उपाध्यक्ष ध्रुव सिंखडा र महासचिव वासुदेव पाण्डेबिच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन कार्यतालिकाअनुसार विहिबार ध्रुब सिंखडा र बासुदेव पाण्डेले छुट्टाछुट्टै प्यानल बनाएर मनोनयन दर्ता गरेसँगै दुईपक्षीय भीडन्त निश्चित भएको हो ।


सिंखडा र पाण्डे तत्कालिन नेकपा एमाले निकट व्यवसायी हुन् । सिंखडा प्यानललाई तत्कालिन नेकपा एमाले निकटको पर्यटन व्यवसायी संगठन, नेपाली काँग्रेस र नयाँ शक्ति नेपाल पक्षधरका व्यवसायीहरुको समर्थन रहेको छ भने । पाण्डे समुहलाई तत्कालिन नेकपा एमाले निकटको अर्को संस्था राष्ट्रिय पर्यटन व्यवसायी संगठन र तत्कालिन नेकपा माओवादी निकट नेपाल पर्यटन व्यवसायी संगठनको समर्थन रहेको छ । 


आज भएको मनोनय दर्तामा सिंखडा समुहबाट प्रथम उपाध्यक्षमा कृष्ण बहादुर सुवेदी, द्धितीय उपाध्यक्षमा तारालाल धरेल, महासचिवमा जस्फा पाण्डे, सचिवमा नवराज थापा, कोषाध्यक्षमा कुलप्रसाद केसी र सहकोषाध्यक्षमा उमेश दनै र सदस्यहरुमा राममणि रिजाल, शान्ता कुमार बानियाँ, अनिल शिल्वाल, सन्तोष थापा, केदारमणि खनाल रहेको छन् । त्यसैगरी पाण्डे समुहबाट प्रथम उपाध्यक्षमा दिपक दाहाल, द्धितीय उपाध्यक्षमा गोपाल थापा, महासचिवमा दिपक खनाल, सचिवमा आशुतोष प्रधान, कोषाध्यक्षमा राजकुमार धमला र सहकोषाध्यक्षमा सकुन्तला देबकोटा रहेका छन् भने सदस्यहरुमा देवीकृष्ण रोकाय, जीवन थपलिया, चोपेन्द्रबहादुर खड्का र दिपक पंगेनी रहेका छन् । 

 

तपाईंको बिचार