Thursday, November 21, 2019

पाण्डे समुहको घोषणा : भिटोफलाई राजनीति मूक्त बनाएर गाँउको विकासमा होमिने उद्घोष

प्रकाशित मिति: 2018/07/28

काठमाडौ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल)को निर्वाचनका लागि बासुदेव पाण्डे समुहको परिचयात्मक तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शनिबार ठमेलस्थित गोकर्ण हाउस रिसोर्टमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पाण्डे समुहले आफ्नो चुनावी एजेण्डा पनि सार्वजनीक गरेको छ । 

पाण्डे समुहले भिटोफको हरेक काम कार्यक्रमहरुलाई प्रभावकारी बनाउनेमा  विशेष जोड दिएको छ । अध्यक्षका प्रत्यासी बासुदेव पाण्डले प्रस्तुत गरेको समुहको चुनावी एजेण्डामा हरेक दुई महिनामा कुनै एउटा गाउँको  पूर्ण जानकारीसहितको पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गर्ने, गाउँ पर्यटनलाई राष्ट्रिय पर्यटन मुलधारमा ल्याउन पहल गर्ने, प्रत्येक प्रदेशमा भिटोफ नेपालको शाखा विस्तार गरी प्रत्येक प्रदेशको एक गाउँलाई नमुना गाउँको रुपमा विकास गर्ने, पर्यटन वर्ष २०२० को उद्देश्यलाई ध्यानमा राखी गाउँ पर्यटन प्रवद्र्धनको योजना बनाई कार्यक्रम अगाडि बढाउने कुरालाई प्राथमिकतामा राखिएको छ । त्यस्तै केन्द्रीय सरकार, प्रदेश सरकार र पर्यटन संघसंस्था, व्यवसायी र गाउँसँग समन्वय गरी घरआवास सञ्चालन गर्न व्यवस्थित गाईड लाइन बनाइ स्तर बृद्धि गर्ने, विगतमा भएको र वर्तमानमा भइरहेको भिटोफ नेपालको काम र कार्यक्रमलाई अझ बढि प्रभावकारी रुपमा अगाडि बढाउने, पर्यटनसँग सम्बन्धित अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वय गरी पर्यटन प्रवद्र्धनमा जोड दिनेपनि घोषणा पत्रमा उल्लेख छ ।  

घोषणा पत्रमा पर्यटन सँग सम्बन्धित गाउँहरुमा विभिन्न किसिमका तालिमहरु सञ्चालन गरी गाउँलेहरुलाई दक्ष, आत्मनिर्भर बनाई आर्थिक उन्नतिमा जोड दिने, भिटोफ नेपाल र व्यवसायीहरुबीच सुमधुर सम्बन्ध बनाई आगामी दुई वर्षभित्र ९९९ जना सदस्य बनाउने, गाउँ पर्यटन महोत्सव २०१९ आयोजन ागर्नक ालागि सरकार, पर्यटन बोर्ड, पर्यटन संघसंस्थासँग समन्वय गरी अघि बढाउने, गाउँ पर्यटनसँग सम्बन्धित विषयलाई समेटी इन्टरनेशनल कन्फ्रेन्सको आयोजना गर्ने, कल्चरल मेघा इभेन्टको आयोजना गर्न पहल गर्ने, गाउँलेको भवन निर्माण गर्नका लागि सरकार तथा व्यवसायीहरुसँग पहल गर्ने, गाउँ पर्यटन नेपाल डिजिटल बनाउने, गाउँ पर्यटन प्रवद्र्धन गर्नक ालागि आवश्यक बजेट विन्योजन गर्न पहल गर्ने, होमस्टेलाई भिटोफ नेपालसँग आवद्ध गराउने योजनासहित स्थानीय भेषभूषा, कला, संसकृति तथा परिकारको जगेर्ना र प्रवद्र्धन गर्नेलगायतको एजेण्डालाई प्राथमिकतामा राखेको छ । 

पाण्डे समुहको प्रथम उपाध्यक्षमा दिपक दाहाल, द्धितीय उपाध्यक्षमा गोपाल थापा, महासचिवमा दिपक खनाल, सचिवमा आशुतोष प्रधान, कोषाध्यक्षमा राजकुमार धमला, सहकोषाध्यक्षमा सकुन्तला देवकोटाले उम्मेद्धारी दिएका छन् भने सदस्यमा जीवन थपलिया, चोपेन्द्र बहादुर खड्का, देवीकृष्ण रोकाय र दिपक पंगेनीको उम्मेद्धारी परेको छ । 

 

तपाईंको बिचार