Sunday, February 17, 2019

भिटोफ निर्वाचनः सिंखडा समुहले गर्यो चुनावी घोषणापत्र, आफुमाथि बेइमानी भएको भनाई

प्रकाशित मिति: 2018/07/28

उन १२, काठमाडौ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल)को निर्वाचनका लागि ध्रुव सिंखडा समुहको परिचयात्मक तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शनिबार ठमेलस्थित गोकर्ण हाउस रिसोर्टमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सिंखडा समुहले आफ्नो चुनावी एजेण्डा पनि सार्वजनीक गरेको छ । 

सिंखडा समुहले समग्र ग्रामिणी पर्यटनको उत्थान र प्रवद्र्धनको लागि भिटोफलाई सशक्त व्यवसायीक संस्था बनाउने पर्नेमा जोड दिएको छ । अध्यक्षका प्रत्यासी ध्रुव सिंखडाले आफुलाई गत वर्षको भिटोफ निर्वाचनमा अध्यक्ष बनाउने सहमति भए पनि केही व्यक्तिहरुको राजनीतिक तिक्डमले आफुमाथि वेइमानी गरिएको भन्दै आफुहरु बाध्यात्मक रुपमा चुनावी माहोलमा होमीन बाध्य भएको बताउँदै ९ बुँदे चुनावी घोषणा पत्र सार्वजनीक गरेको छ । सिंखडाद्वारा प्रेसित घोषणा पत्रमा भनिएको छ । 


१. तीन तहको सरकारी संरचनालाई ध्यानमा राखी विशेष स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्ने गरी (भिटोफ–नेपाल)को सांगठनिक संरचनालाई सातै प्रदेशमा विस्तारित गरिनेछ । 
२. भिटोफ नेपालले विगतमा संचालन गर्दै आएका कार्यक्रमलाई निरन्तरता दिदै ग्रामिण पर्यटन विकासमा उपयुक्त हुने नयाँ नयाँ गन्तव्यहरुको पहिचान, विकास र प्रबद्र्धधन गर्दै ग्रामिण पर्यटनका अन्य सम्भावनाहरुको अध्ययन गरिनेछ । 
३. हाल सम्मको प्रचलन अनुसार ग्रामिण घरबास (Home-Stay) को व्यवस्थापन र उपलब्धता निश्चित कुनै गाउँहरुमा मात्र हुने गरेको सन्दर्भमा हाल प्रचलनमा रहेका रसुवाको तामाङ हेरिटेज ट्रेल र कास्कीको तांगतिंग ह्याँजाकोटमा रहेका घरबास पदयात्रा मार्ग (Home-Stay Trekking Trail) हरुलाई नुमना घरबास पदयात्रा मार्गको रुपमा प्रचारप्रसार गरी नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल र नेपाल पर्वतारोहण संघहरुसँगको सहकार्यमा अन्य सम्भावित ग्रामिण क्षेत्रहरुमा घरबास चक्रिय पदयात्रा (Home-Stay Trekking Circuit) को विकासमा जोड दिइनेछ । 
४. नेपाल भरी संचालित घरबास (Home-Stay) हरुको स्तरोन्नति गर्न घरबास संचालन प्रोत्साहन कार्यक्रम संचालन गरी उनीहरुलाई भिटोफ–नेपालमा संगठित गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा घरबास (Home-Stay)  पर्यटनको प्रचारप्रसार गरी Digital Marketing गर्न नेपाल सरकार, नेपाल पर्यटन बोर्ड लगायत अन्य सरोकारवालाहरुसँग सहकार्य गरी अग्रणी भूमिका खेलिनेछ । 
५. ‘‘नेपाल पर्यटन वर्ष २०२०” को सफलतालाई ग्रामिण पर्यटन विकाससँग जोड्नका लागि घरबास (Home-Stay) पर्यटनमा स्थानीय परिकार, कला र संस्कृतिलाई महत्व दिदै जैविक उत्पादन (Organic Product) प्रति उत्प्रेरणा जगाउने र ग्रामिण पर्यटन क्षेत्रलाई जैविक कृषि पर्यटन क्षेत्रको रुपमा अघि बढाउन अग्रणी भूमिका खेलिने छ । 
६. नेपाल पर्यटन बोर्डलगायत अन्य सरोकारवाला निकायहरुसँगको सहकार्यमा प्रत्यक वर्ष एक पटक उपयुक्त स्थान तोकी राष्ट्रिय स्तरको घरबास मेला (Home-Stay) को आयोजना गरिनेछ । 
७. ‘‘पहिले देश अनि विदेश” भन्ने सरकारी नारालाई सार्थक बनाउन र ग्रामिण पर्यटनको विकासमा आन्तरिक पर्यटकहरुको भूमिकालाई कोसेढुंगा बनाउने उद्देश्यसाथ निजामति र व्यवसायीक प्रतिष्ठानका कर्मचारीहरुलाई ‘‘आन्तरिक पर्यटन विकास विदा” लाई अनिवार्य  गर्ने नीतिगत व्यवस्था हुनका लागि आवश्यक पहलकदमी गरिनेछ । 
८. अन्तर्राष्ट्रिय रुपमा भियतनाम, लावोस, थाइल्याण्ड, कम्बोडिया र श्रीलंकाका घरबास (Home-Stay)  कार्यक्रमहरुसँग स्थापित सम्बन्धलाई गाढा र प्रभावकारी बनाउँदै सहकार्य बढाइने छ र राष्ट्रिय रुपमा पर्यटन सम्बन्धित संघसंस्थाहरुलाई भिटोफ–नेपालसँगको आवद्धता दिलाउन प्रयत्न गरिनेछ । 
९. भिटोफ–नेपालले बिगतमा स्थापना गरेको र हाल तिन लाख रुपैया संकलित अवस्थामा रहेको भिटोफ अक्षयकोषको रकममा उल्लेखनीय वृद्धि गर्न सक्रिय प्रयास गरिनेछ लगायतमा जोड दिइएको छ । 

सिंखडा समुहबाट प्रथम उपाध्यक्षमा कृष्ण बहादुर सुवेदी (कुस), द्धितीय उपाध्यक्षमा तारालाल धरेल, महासचिवमा जस्फा पाण्डे, सचिवमा नवराज थापा, कोषाध्यक्षमा कुलप्रसाद केसी (केपी) र सहकोषाध्यक्षमा उमेश दनै र सदस्यहरुमा केदारमणि खनाल, राममणि रिजाल, शान्तकुरमा वानियाँ र सन्तोष थापामगर  रहेका छन् । 

तपाईंको बिचार