Sunday, February 17, 2019

भिटोफ मतसंग्राममा सिंखडा र पाण्डे, कसको समर्थन कसलाई ?

प्रकाशित मिति: 2018/07/28

साउन १२, काठमाडौं । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल)को यहि साउन १५ गते हुन गइरहेको निर्वाचनमा मञ्चका पूर्व उपाध्यक्ष ध्रुव सिंखडा र महासचिव वासुदेव पाण्डेबिच नेतृत्वका लागि प्रतिस्पर्धा गर्दै छन् । 

यतिखेर पर्यटन बजारमा भिटोफ निर्वाचनको विषयले प्रमुखता पाएको छ । एक किसिमको पर्यटन व्यवसायीहरुमा कौतुहलता जागेको छ । व्यवसायी व्यवसायी बिचको भेटघाटमा कसले जित्ला निर्वाचन भन्ने सवालमा विभिन्न आँकलनहरु भईरहेको सन्दर्भमा हामीले पाण्डे र सिंखडा समुहलाई क–कसको राजनीतिक समर्थन रहेको छ र स्वतन्त्र व्यवसायीहरुको समर्थन कता रहला भन्ने विषयमा बुझ्ने कोशिस गरेका छौं । 

सिंखडा र पाण्डे तत्कालिन नेकपा एमाले निकट व्यवसायी हुन् तथापी सिंखडा प्यानललाई तत्कालिन नेकपा एमाले निकटको पर्यटन व्यवसायी संगठन नेपाल, नेपाली काँग्रेस निकट नेपाल पर्यटन व्यवसायी संघ (नीट) र नयाँ शक्ति नेपाल निकट पर्यटन परिषद नेपाल पक्षधरका व्यवसायीहरुको समर्थन रहेको छ । त्यसैगरी पाण्डे समुहलाई तत्कालिन नेकपा एमाले निकटको अर्को संस्था राष्ट्रिय पर्यटन व्यवसायी संगठन र तत्कालिन नेकपा माओवादी केन्द्र निकट नेपाल पर्यटन व्यवसायी संगठनको समर्थन रहेको छ । त्यस्तै स्वतन्त्र व्यवसायीहरुको समर्थन भने दुवै समुहलाई देखिएको छ । पार्टीको ह्वीपले पनि सबै पार्टीमा काम गर्ने अवस्था देखिदैन । यसअर्थमा ठुलो संख्यामा धादिङका व्यवसायीहरुको सदस्यता भिटोफ नेपालमा रहेको र प्रभाव पनि धादिङकै व्यवसायीहरुको रहँदै आएकोले आसन्न भिटोफ निर्वाचनमा जुन समुहले धादिङका व्यवसायीहरुको कम्तिमा ५० प्रतिशत मत र स्वतन्त्र व्यवसायीको मत तान्न सक्छन् उहि समुह विजय नजिक देखिन्छन् । भिटोफ नेपालमा ५७० जना मतदाता रहेका छन् । 

सिंखडा समुहबाट
सिंखडा समुहबाट प्रथम उपाध्यक्षमा कृष्ण बहादुर सुवेदी (कुस), द्धितीय उपाध्यक्षमा तारालाल धरेल, महासचिवमा जस्फा पाण्डे, सचिवमा नवराज थापा, कोषाध्यक्षमा कुलप्रसाद केसी (केपी) र सहकोषाध्यक्षमा उमेश दनै र सदस्यहरुमा केदारमणि खनाल, राममणि रिजाल, शान्तकुरमा वानियाँ र सन्तोष थापामगर  रहेका छन् ।

पाण्डे समुहबाट
त्यसैगरी पाण्डे समुहको प्रथम उपाध्यक्षमा दिपक दाहाल, द्धितीय उपाध्यक्षमा गोपाल थापा, महासचिवमा दिपक खनाल, सचिवमा आशुतोष प्रधान, कोषाध्यक्षमा राजकुमार धमला, सहकोषाध्यक्षमा सकुन्तला देवकोटाले उम्मेद्धारी दिएका छन् भने सदस्यमा जीवन थपलिया, चोपेन्द्र बहादुर खड्का, देवीकृष्ण रोकाय र दिपक पंगेनीको उम्मेद्धारी परेको छ ।

 

तपाईंको बिचार