Tuesday, April 23, 2019

सिंखडा समूहले आज साँझ ५ बजे उम्मेदवार परिचायात्मक तथा रात्रिभोज गर्ने

प्रकाशित मिति: 2018/07/29

काठमाडौं । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) को यही साउन १५ गते हुन गइरहेको निर्वाचनको लागि अध्यक्षका प्रत्यासी उम्मेदवार धुब्र सिंखडा समूहको परिचयात्मक तथा भेटघाट सहितको रात्रिभोज कार्यक्रम आज साँझ ५ बजे नयाँ बजार धारा गल्लीस्थित मल्टि भेन्यूमा हुने भएको छ ।

साँझ ५ बजेबाट सुरु हुने उक्त कार्यक्रममा भिटोफ नेपालका सम्पूर्ण सदस्य, शुभचिन्तक तथा पत्रकारलगायतको ठूलो मात्रामा सहभागिता हुने सिंखडा समूहका प्रचारप्रसार समितिका संयोजक राजेन्द्रप्रसाद सापकोटाले बताएका छन् । 

वल्र्ड भिजन ट्राभल एण्ड टुर्सका संचालकसमेत रहेका अध्यक्षका प्रत्यासी धुब्र सिंखडाले गन्तव्य नेपालसँग कुराकानी गर्दै आज साँझ हुने उम्मेदवार परिचयात्मक तथा प्रतिवद्धता कार्यक्रममा सम्पूर्ण भिटोफ सदस्य, शुभचिन्तक तथा पत्रकारहरुलाई कार्यक्रममा सहभागिता जनाइदिनु हुनको लागि अनुरोध गरेका छन् । उनले समृृद्ध भिटोफ बनाउने अभियान स्वरुप आफ्नो नेतृत्व अघि बढिरहेको र सान्दार भिटोफ बनाउनको लागि आफ्नो समूहलाई अत्याधिक बहुमतले विजयी गराउनु हुन सम्पूर्ण भिटोफ नेपालका सदस्यहरुलाई आग्रह समेत गरेका छन् ।

तपाईंको बिचार