Thursday, November 21, 2019

पाण्डे समूहको आज साँझ ५ बजे गोकर्ण हाउसमा निम्तो

प्रकाशित मिति: 2018/07/29

काठमाडौं । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) को यही साउन १५ गते हुन गइरहेको निर्वाचनको लागि अध्यक्षका प्रत्यासी उम्मेदवार वासुदेव पाण्डे समूहको उम्मेदवार परिचयात्मक तथा भेटघाट सहितको रात्रिभोज कार्यक्रम आज साँझ ५ बजे ठेमल पक्नाजोलस्थित गोकर्ण हाउस रेस्टुरेन्टमा हुने भएको छ ।

नेपाल सोसियल टे«क्स एण्ड एक्सपेडिसनका संचालकसमेत रहेका अध्यक्षका प्रत्यासी वासुदेव पाण्डेले गन्तव्य नेपालसँग कुराकानी गर्दै आज साँझ ५ बजे उम्मेदवार परिचयात्मक तथा प्रतिवद्धता कार्यक्रममा सम्पूर्ण भिटोफ सदस्य, शुभचिन्तक तथा पत्रकारहरुलाई कार्यक्रममा सहभागिता जनाइदिनु हुनको लागि अनुरोध गरेका छन् । उनले भिटोफ नेपाललाई सम्मानित संस्थाको रुपमा अघि बढाउन आफू लागि परिरहेको बताउँदै हामी सबैको भिटोफ बनाउने आफ्नो अभियान रहेकोले सम्पूर्ण भिटोफ सम्बन्ध सदस्यहरु, शुभचिन्तकहरुलाई आफ्नो टिमलाई अत्याधिक बहुमतले विजयी गराइदिनु हुन समेत अनुरोध गरेका छन् ।

तपाईंको बिचार