Wednesday, September 18, 2019

भिटोफको अध्यक्षमा सिंखडा बिजयी, ग्रामिण पर्यटन प्रवद्र्धनमा लाग्ने बाचा

प्रकाशित मिति: 2018/08/01

काठमाडौं । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) को अध्यक्षमा धु्रब सिंखडा बिजयी भएका छन् । उनका प्रत्यासी बासुदेव पाण्डेलाई ४९ मतले पछि पार्दै सिंखडा अध्यक्षमा विजयी भएका हुन् । सिंखडाले २ सय ८९ मत प्राप्त गरे भने पाण्डेले २ सय ४० मत प्राप्त गरेका थिए । कुल ५७६ मतदाता रहेको भिटोफ निर्वाचनमा ५ सय २९ मत खसेको थियो ।

त्यसैगरि प्रथम उपाध्यक्षमा दिपक दाहाल २ सय ८७ मत ल्याई विजयी भएका छन् । उनका प्रतिद्वन्दी कृष्ण सुवेदीले २ सय ४४ मत प्राप्त गरे । द्वितिय उपाध्यक्षमा ३ सय ८ मत सहित गोपाल थापा विजयी भए । उनका प्रतिद्वनदी तारालाल धरेलले २ सय १७ मत प्राप्त गरेका छन् ।

यस्तै महासचिवमा महिला उम्मेद्वार जस्फा पाण्डे २ सय ६६ मत ल्याई विजयी भएकी छन् । उनका प्रतिद्वन्दी दिपक खनालले २ सय ६३ मत प्राप्त गरेका छन् । पाण्डे र खनालविच सबै भन्दा कम मतान्तर रहेको छ । त्यसैगरी सचिवमा नवराज थापा २ सय ६८ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्दी आशुतोष प्रधानले २ सय ५६ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा राजकुमार धमला २ सय ८६ मत सहित विजयी भएका छन् । उनका प्रतिद्वन्दी कुल प्रसाद सुवेदी (केपी)ले २ सय ३४ मत प्राप्त गरेका छन् । सहकोषाध्यक्षमा महिला उम्मेद्वार सकुन्तला देवकोटा सबैभन्दा धेरै ३ सय १३ मत प्राप्त गरि विजयी भएकी छन् । उनका प्रतिद्वन्दी उमेश दनैले जम्मा १ सय ९४ मत प्राप्त गरेका छन् ।

४ जना सदस्यहरुमा राममणी रिजाल , जीवन थपलिया, देवीकृष्ण रोकाया  र शान्तकुमार बानियाँ  विजयी भएका छन् ।

अध्यक्षमा निर्वाचित भएसँगै सिंखडाले चुनावमा हारजित स्वभाविक भएको भन्दै सबैसँग सहकार्य गर्दै  ग्रामिण पर्यटन प्रवद्र्धनमा आफ्नो टिम शसक्त ढंगले लाग्ने प्रतिवद्धता जनाएका छन् । 

 

तपाईंको बिचार