Sunday, September 15, 2019

आर्यन ईन्भेष्टमेण्टको भेला सम्पन्न

प्रकाशित मिति: 2018/08/05

काठमाडौं । पर्यटन व्यवसायिहरुद्वारा प्रवद्धित आर्यन ईन्भेष्टमेण्ट लिमिटेडको प्रथम भेला आईतवार ठमेलमा सम्पन्न भएको छ । कम्पनीको भेलाले ठमेलको भगवानवहालस्थित १९ आना जग्गा खरिद गर्ने निर्णय पारित गरेको छ । भेलामा कम्पनीका एक सय पचास जना सेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

भेलामा कम्पनीका अध्यक्ष विमल नहर्किले कम्पनीले आगामी दिनमा आगाडी सारेका योजनाहरु वारे सदस्यहरुलाई जानकारी गराएका थिए । त्यसैगरी भेलाले सेयर सदस्यहरुलाई रु. तीन लाख देखि पचास लाख सम्म सेयर आह्वान गरेको कम्पनीका सञ्चालक समिति सदस्य शंकर अधिकारीले बताए । कम्पनीलाई पर्यटन क्षेत्रका विभिन्न विधामा लगानी विस्तार गर्दै लैजाने सञ्चालक अधिकारीले बताए ।

तपाईंको बिचार