Sunday, September 15, 2019

बासु पाण्डेद्वारा मतदातालाई धन्यवाद ज्ञापन

प्रकाशित मिति: 2018/08/07

काठमाडौं । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) को गत साउन १५ गते सम्पन्न निर्वाचनमा आफुलाई सहर्स रुपमा स्वीकार गरी मतदान गर्ने भिटोफ सदस्यहरुलाई अध्यक्षका प्रतिस्पर्धी रहेका वासुदेव पाण्डेले धन्यवाद ज्ञापन गरेका छन् ।

चुनावी प्रतिस्पर्धामा हार र जित स्वभाविक प्रक्रिया हो भन्दै पाण्डेले आफु समृद्ध भिटोफ बनाउने अभियानकै लागि भिटोफको नेतृत्व लिन चाहेको र उक्त अभियानमा दत्तचित्त भई आफ्नो जित सुनिश्चितताको निम्ति सहयोग गर्ने सम्पूर्ण अग्रज, साथीभाइ र मतदाताहरुले अहोरात्र खटि सहयोग गर्नु भएकोमा आभार प्रकट गर्दै आफु त्यसको लागि ऋणि भएको बताए । उनले आफु पराजित भएपनि विचलित नभएको भन्दै गाउँ पर्यटन विकासको लागि आफ्नो अविछिन्न यात्रा जारी रहने पनि बताए । उनले भनेका छन् यो परिणाम हाम्रो चाहना थिएन । तर आफुलाई यो अद्धुत अभियानको लागि गर्व र आफु कृतज्ञ रहेको बताए । प्रत्येक हार प्रति जसले हामीमाथि विश्वास गरी हाम्रो जितको सुनिश्चिताको निम्ति हरसम्भव प्रयास गर्नुभयो सबै सबैमा नमन रहेको छ । उनले विगत चार वर्षदेखि संस्थाको सचिव, महासचिवको रुपमा रहेर सेवा गर्ने मौका प्रदान गरेकोमा सबैमा आभार पनि व्यक्त गरे ।

पाण्डेले नवनिर्वाचित भिटोफका पदाधिकारीहरुलाई पूर्ण कार्यकालको सफलताको लागि शुभकामना व्यक्त गर्दै ग्रामिण पर्यटन प्रवद्र्धनको लागि आफ्नो सहयोग भिटोफमा जहिले पनि रहिरहने बताए छन् ।

तपाईंको बिचार