Sunday, February 17, 2019

नेपाल पर्बतारोहण संघको प्रमुख कार्यकारी अधिकृतमा गंगासागर पन्त नियुक्त

प्रकाशित मिति: 2018/08/07

काठमाडौं । नेपालको पर्यटन क्षेत्रको सबैभन्दा पुरानो र प्रतिष्ठीत संस्था नेपाल पर्बतारोहण संघ (एन.एम.ए.) को प्रमुख कार्यकारी अधिकृतमा गंगासागर पन्त नियुक्त भएका छन् ।

सन १९७३ सालमा तात्कालिन कुमार खड्ग बिक्रम शाहको अध्यक्ष्यतामा स्थापित एन.एम.ए. नेपालको पर्बतीय पर्यटनको बिकास र प्रबद्र्धनमा गहन जिम्मेवारी रहेको अग्रणी संस्था हो । लामो समयसम्म प्रमुख कार्यकारी बिहिन रहँदै आएको एन.एम.ए.ले एक सक्षम र बहुप्रतिभाशाली सि.इ.ओ. नियुक्त गरेसँगै एन.एम.ए.ले अरु गति लिने आशा गर्न सकिन्छ । पर्बतीय पर्यटन सम्बद्द अर्को संस्था टानमा ४ बर्षसम्म सि.इ.ओ. कै जिम्मेवारी सफलतापूर्वक निभाएका पन्त बिशेषत शिक्षाविद् हुन् ।

पर्यटन, सामाजिक बिकास, अनुसन्धान आदिमा व्यावसायिक दक्षता हुनुकासाथै पन्त गीत संगीत, कथा लगायत साहित्यका धेरै विधामा र समसामयिक विषयबस्तुमाथि स्तरीय कलम चलाउछन् । टानमा रहँदा पर्यटन क्षेत्रमा बिभिन्न प्रकारका पूर्वाधार विकासका योजना बनाउँदै सफल कार्यान्वयनमा नेतृत्व दिइसकेका पन्तको खारिएको अनूभवले ए.एम.ए. तथा नेपालको पर्बतीय पर्यटनको बिकासको लक्ष प्राप्त गर्नमा सहयोग मिलोस्, यही सुभकामना ।

तपाईंको बिचार