Monday, June 24, 2019

एशियन इन्सप्रेसन युथ अवार्डबाट पर्यटन व्यवसायीद्वय सिंखडा र धमला सम्मानित

प्रकाशित मिति: 2018/08/11

काठमाडौं । ग्लोबल युथ पार्लियामेन्टले युवाहरुलाई उत्प्रेरणा तथा जागरुप गर्नको लागि भिजन प्रस्तुत गरेको भन्दै युवा पर्यटन व्यवसायीद्वय राजन सिंखडा र राकेश धमलालाई सम्मान गरेको छ ।

राजधानीमा आज शनिबार आयोजित एक कार्यक्रमका बिच सभामुख कृष्णबहादुर महराले उक्त अवार्ड प्रदान गरेका थिए । कार्यक्रममा एशियन देशहरु श्रीलंका, भुटान, म्यानमार, इन्डोनेशिया, कम्बोडिया, ताइवान, भेयतनाम, नेपाल, भारत, पाकिस्तान लगायत १८ देशका विभिन्न युवाहरुलाई सम्मानित गरिएको थियो । सभामुख महराले देशको दु्रतगत विकासको लागि युवाहरुलाई जागरुप बनाउनु पर्ने योजना सरकारले ल्याउने तयारी गरिरहेको बताउँदै, यसको लागि नीजि क्षेत्रबाट पनि सहयोग रहनु पर्ने बताएका छन् ।

 

तपाईंको बिचार