Tuesday, April 23, 2019

टान पोखरा च्याप्टरमा हरि भुजेल

प्रकाशित मिति: 2018/08/12

पोखरा । ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराको अध्यक्षमा पिस आई ट्रेक्स एण्ड एक्सपिडिसन प्रा.लि.का प्रवन्ध निर्देशक हरि भुजेल निर्वाचित भएका छन् । नयाँ कार्यसमितिको लागि सनिबार भएको निर्वाचनबाट भुजेले ६४ मत प्राप्त गरि विजयी भएका हुन् । उनका प्रत्यासी भोजराज श्रेष्ठले ५३ मत प्राप्त गरेका छन् ।


त्यसैगरि प्रथम उपाध्यक्षमा शुसिलराज पौडेल, द्दितिय उपाध्यक्षमा धर्मराज पन्थी, सचिवमा जिवनराज सापकोटा, सह सचिवमा उदय सुवेदी र कोषाध्यक्षमा कृष्णप्रसाद आचार्य विजयी भएका छन् । त्यस्तै सदस्यहरुमा प्रकाश बस्ताकोटी, राधिका पौडेल, विश्वहाङ राई, कालीबहादुर नेम्बाङ, विकास गुरुङ र रमेश अधिकारी निर्वाचित भएका छन् । कुल १३७ मतदाता रहेकोमा जम्मा १२१ मत खसेको थियो ।

 

तपाईंको बिचार