Tuesday, April 23, 2019

९ औं स्थान हासिल गरी र्‍याफ्टिङ टोली स्वदेश फिर्ता

प्रकाशित मिति: 2018/08/15

काठमाडौं । चीनको ग्वाङ्छी वीपाइ खोलामा अगस्ट ६ देखि १३ तारिखसम्म  र्‍याफ्टिङ  खेलमा सहभागी हुन गएका र्‍याफ्टिङ टोलीहरु आज स्वदेश फर्केका छन् । उनीहरु चाइना एयरको विमानबाट बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।

आफ्नो देशको शिर उच्च राख्दै टोलीले इन्टरनेशनल र्‍याफ्टिङ कपमा ९ औं स्थान हासिल गर्न सफल भएका छन् । एक हप्ताको तालिम लिएर खेलमा सहभागी भइ नौऔ स्थान हासिल गर्नु भनेको नेपालको लागि गौरवको विषय हो । 

नाराका निर्वतमान अध्यक्ष चन्द्र दाहालले अन्य देशको तुलनामा सिमित स्रोत र साधनको प्रशिक्षणबाट पनि नेपाली टोलीले सन्तोषजनक खेल प्रस्तुत गरें । उनले थपे– अन्य देशका खेलाडीहरुलाई सरकारले बाह्रै महिना प्रशिक्षण दिइरहन्छन् । अगामी दिनहरुमा हाम्रो देशमा पनि जलखेललाई पनि उच्च प्राथमिकतामा राख्ने छ भन्ने नारा, हार्गन र नार्कले विश्वास गरेका छन् ।

नारा, हार्गन र नार्कको संयुक्त बैठकले र्‍याफ्टिङ टोलीलाइ छनोट गरी पठाएको थियो ।

तपाईंको बिचार