Thursday, November 14, 2019

‘मनदिल पुन’ भ्यूटावर निर्माण सकियोः मुख्यमन्त्री पोखरेलद्वारा बुधबार उद्घाटन

प्रकाशित मिति: 2018/08/21

दाङ । घोराही उपमहानगरपालिका–१८ मा भ्यूटावर निर्माण गरिएको छ । 

स्थानीयवासी ८७ वर्षीय मनबहादुर पुन, उहाँकी श्रीमती ७८ वर्षीया दिलमाया पुन, छोरा गुमानबहादुर पुन, नरेन्द्र पुन र डा. बसन्त पुनले रु. ४० लाखमा उक्त भ्यूटावर निर्माण गरेका हुन् । घोराही– १८ स्थित नमःछु बौद्ध गुम्बा परिसरमा सो भ्यूटावर निर्माण गरिएको हो । 

‘मनदिल पुन’ नामाकरण गरिएको उक्त भ्यूटावरमा सिसीटिभी क्यामेरा र दूरवीन राख्न थप रु. पाँच लाख खर्च हुने बताइएको छ । भ्यूटावरबाट एक पटकमा १५ जनाले अवलोकन गर्न सक्नेछन् । बाउन्न फिट अग्लो सो भ्यूटावर चढ्न सर्वसाधारणलाई रु. ५० र विद्यार्थीलाई रु. ३० शुल्क निर्धारण गरिएको छ । सो भ्यूटावरको बुधबार प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको गुम्बा समितिले जनाएको छ । 

तपाईंको बिचार