Saturday, September 21, 2019

टिमुरेको घट्टेखोलाको पक्की पुलमा चीनको ‘छल’

प्रकाशित मिति: 2018/08/24

काठमाडौं । टिमुरेको घट्टेखोलाको पक्की पुलको निर्माणकै क्रममा गम्भीर  ‘छल’ गरेको पाइएको छ ।

गल्छीबाट रसुवागढी जाने खण्डमा ८ वर्षअघि चीनले यो पुल बनाएको थियो । तर, करिब तीन हप्ताअघि बाढीले क्षति पुर्‍यायो ।

जब पुल मर्मतका लागि सडक विभागको टोली पुलको पुरानो डिजाइन लिएर साइट पुग्यो, तब चिनियाँ बदमासी खुल्यो । पुल निर्माणमा सडक विभागलाई चिनियाँ पक्षले झुक्याएको तथ्य फेला परेको छ ।

पुन निर्माण सम्पन्न भएपछि चीनले सडक विभागलाई बनेको पुलको नाप, नक्सा र संरचना अनुरुपको डिजाइन दिएको थियो ।डिजाइनअनुसार पुलमुनि ५ वटा पाइलहरु राखिएको देखिन्छ ।

तर, सडक विभागका प्राविधिकले पुल मर्मतका लागि काम थाल्दा एउटा पनि पाइल नराखिएको खुलेको छ ।

डिजाइनअुनसार सो पुलमा २८ मिटरसम्म गहिरो पाइल गरिएको हुनुपर्ने भएपनि त्यस्तो संरचना नै तयार नगरी पुल बनाएको पाइएको सडक विभागका पुल महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए । ‘हामी अच्चममा पर्‍यौं । यस्तो भएको जानकारी अब हामी लेखेर नै चिनियाँ दूतावासमा पठाउँछौं,’ उनले भने,’यो गम्भरि रुपमा पुल निर्माण गर्दा त्रूटी गरिएको छ ।’

बाढीले पुलमा क्षति पुगेकाले अहिले रसुवागढी जोड्ने सडकमार्ग अवरुद्ध छ । सडक विभागले क्रंकिट गरेर पुल मर्मत गरेको छ ।

तर, कंक्रिट सेट हुन ४–५ दिन लाग्ने भएकाले आगामी हप्ताको अत्त्यबाट मात्रै पुललाई खुला गर्न सकिने थापाले बताए ।

तपाईंको बिचार