Wednesday, July 24, 2019

पर्यटन विभागको राजस्व बढ्योः ट्राभल, ट्रेकिङ कम्पनीहरुलाई इजाजत पत्र प्रदानमा कडाई गरिने

प्रकाशित मिति: 2018/08/26

काठमाडौं । पर्यटन विभागले आर्थिक वर्ष ०७४/७५ मा ९० करोड ७ लाख राजस्व आम्दानी गरेको छ।

विभागले आर्थिक वर्ष ०७३/७४ कोे तुलनामा २३ करोड ३३ लाख बढी राजस्व आम्दानी गरेको हो। अघिल्लो आर्थिक वर्षमा ६६ करोड ७४ लाख मात्र राजस्व आम्दानी गरेको थियो।

अघिल्लो आर्थिक वर्षमा विभागको आम्दानी एजेन्सी रजिस्ट्रेसन दस्तुर २ करोड ७२ हजार, क्यासिनोबाट प्राप्त रोयल्टी ४० करोड ६७ लाख, पर्वतारोहण र पदयात्रा स्वीकृत शुल्क ४६ करोड ६१ लाख र अन्य प्रशासनिक सेवा शुल्क ४ लाख २९ हजार रहेको छ।

आम्दानी बढेसँगै विभागलाई थप चुस्त ढङ्गले अगाडि बढाउन पहल थालिएको विभागका महानिर्देशक डण्डु घिमिरेले जानकारी दिए। विभागले ट्राभल, ट्रेकिङ कम्पनीहरुलाई इजाजत पत्र प्रदानमा कडाई गरेको उनले बताए।

फेक रेसक्युमा धेरै ट्राभल, ट्रेकिङ कम्पनी संलग्न भएकाले इजाजत पत्र प्रदानमा कडाई गर्ने योजना विभागको रहेको छ।

तपाईंको बिचार