Monday, June 24, 2019

पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य पदमा कीर्तिबल्लभ त्रिपाठीद्वारा उम्मेदवारी दिने

प्रकाशित मिति: 2018/08/31

पोखरा । पोखरा उद्योग वाणिज्य संघको यही असोज ५ र ६ गते हुन गइरहेको महाधिवेशनमा नयाँ कार्यसमिति सदस्य पदका लागि कीर्तिबल्लभ त्रिपाठीले उम्मेदवारी दिने घोषणा गरेका छन् । पोखरा महानगरपालिका वडा न २८ मा जन्मिएका त्रिपाठी हाल सोही महानगरपालिका वडा न १७  मा बस्दै आएका  छन् । 

गण्डकी क्षेत्रको पूर्वाधार विकासलगायत पर्यटक लाइ पोखरामा अझ कसरी आकर्षक गराउने, कसरी व्यबस्थापन गराउने जस्ता कुरामा आफ्नो ध्यान केन्द्रित हुने बताउदैे सुन्दर र नमुना गण्डकी प्रदेश बनाउने आफ्नो अभियान रहने बताएका छन । त्रिपाठीले समग्र पर्यटन क्षेत्रको श्रीवृद्धि गर्न र व्यवसायिक मुदालाइ उच्च प्राथमिकताका साथ कार्य गर्दै जाने बताउदै आफ्नो यो अभियानमा सहयोग गर्नका लागी सम्पूर्ण पर्यटन व्यवसायी, उद्योग व्यवसायी लगायत शुभचिन्तक हरुलाइ आग्रह समेत गरेका छन् ।

त्रिपाठी विगत लामो समयदेखि पर्यटन क्षेत्रको अलवा सामाजिक संघसंस्थामा पनि आवद्ध भई समाजसेवामा पनि उक्तिकै सक्रिय छन् । 

तपाईंको बिचार