Sunday, June 16, 2019

टुरिस्ट गाइडको पारिश्रमिकमा वृद्धि गर्ने निर्णय

प्रकाशित मिति: 2018/09/07

टुरिष्ट गाइडहरुको छाता संगठन टुरिष्ट गाइडह एसोसिएसन अफ नेपाल (टुर्गान) ले १ जनावरी २०१९ बाट लागु हुने गरी टुरिष्ट गाइडहरुको पारिश्रामिक वृद्धि गर्ने निर्णय गरेको छ । 


 आज बसेको टुर्गान पधाधिकारीहरुको आकस्मिक बैठकले आवश्यक छलफल र बहसपछि टुरिष्ट गाइडहरुको हाल खाइपाइ आएको पारिश्रमिकमा औसत ४० प्रतिशत  वृद्धि गर्ने निर्णय गरेको  हो । पर्यटकलाइ दिने सेवासुविधा बापत टुरिस्ट गाइडले पाउने गरेको पारिश्रमिकलाई मध्यनजर गरि बढाउने निर्णय गरेका हौँ  टुर्गानका अध्यक्ष केदार तामाङ्गले भने गाइड भनेका पर्यटकको पहिलो आधारशिला हुन्, त्यहि भएर हाम्रो निर्णय कडाइका साथ कार्यन्वयनमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराउँछौँ ।
टुर्गानका अनुसार देशको बढ्दो महँगी तथा  समयअनुकुल आर्थिक नीतिका कारण दैनिक उपभोग्य वस्तु देखि हरेकमा वृद्धि भए पनि विगत  पाँच वर्ष देखि  गाइडको पारिश्रमिक बढ्न सकेको थिएन । टुर्गाानले एक प्रेस विज्ञप्ती जारी गर्दै पटक पटक नाट्टा सँग बार्ता हुँदा पनि पारिश्रमिक वृद्धि गर्न नाट्टाको नेतृत्व सकारात्मक नदेखिएको तथा टुर्गाान प्रति हेपाहा प्रवृद्धि देखाइ एक पक्षिय रुपमा पारिश्रमिक बढाएको हवला दिँदै पत्राचार गरेकोमा संघ घोर भत्सना गर्दछ । विज्ञप्तीमा भनिएको छ विगत लामो समय देखि टुर्गान र  नाट्टा विच आपसी समझदारी कै विच पारिश्रमिक वृद्धि गर्ने  सम्झौता हुँदै आए पनि वर्तमान नाट्टा नेतृत्वले गरेको हैकम वादि निर्णय  अव्यवहारिक र अपरिपक्क निर्णय खेद जनक छ । टुरगाइडको पारिश्रमिक  सन २०१४ बाट बढ्न सकेको थिएन ।    

 

तपाईंको बिचार